Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पानीपुरी र चटपटे बेचेर एक महिनाको लाख भन्दा बढी कमाइ!

$
0
0
महिनादिनसम्म चटपटे र पानीपुरी बेचेर कति कमाइएला ? दश हजार, बीस हजार वा त्यो भन्दा बढी ? चटपटे र पानीपुरी बेचेर महिनाको लाख भन्दा बढी कमाइ हुन्छ भन्दा विश्वास नलाग्न सक्छ । तर सुरेन्द्र साह पानीपुरी बेचेरै महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाउँछन् । सुन्धाराको चाइना टाउन अगाडी चटपटे बनाउँदै उनी भन्छन्, ‘चटपटे र पानीपुरी बेचेर राम्रो आम्दानी गरिहरेको छु ।’
१५ वर्षअघि गाउँका साथीभाईको लहैलहैमा लगेर काठमाडौं छिरेका थिए भारत, बिहार मोतिहारीका सुरेन्द्र । न हातमा काम गर्ने कुनै सीप, न त जागिर खान पढाइको कुनै मार्कसिट । काठमाडौंको चार भञ्ज्यांङ भित्र छिर्दा अरु केही थिएन उनीसँग, थियो त केवल बीस वर्षे युवाको जोश र घरबाट ल्याएको दुई सय रुपैयाँ । उनकै गाउँका दुई सय भन्दा बढी साथीभाइ चटपटे बेचेर काठमाडौंमा बस्थे । घर गएको बेला काठमाडौं जाऔं भनेर हुटहुटीमा लगाइरहन्थे उनलाई । ‘५५ सालतिर उनीहरुको उक्साहट्मा काठमाडौं जाने निधो गरे,’ उनी विगत सम्झन्छन्, ‘काठमाडौं जाने भनेसी बुबाले दुई सय रुपैयाँ दिनुभएको थियो । खल्तीमा त्यही हालेर आएँ।’
साथीभाइले भनेको भरमा काठमाडौंमा आउन त आए उनी, तर कहाँ के काम गर्ने ? साथीहरुले लामो समय पाल्दैनथे । बाच्नकोलागि भएपनि केही काम गर्नुपर्ने बाध्यता पर्न थाल्यो साहलाई । ‘काम गर्न भनसुन गरुँ भन्दा कसैलाई चिनेको छैन । ‘पढेलेखेको छु भनेर जागिर खोजूँ भन्दा सर्टिफिकेट छैन,’ उनी अतित केलाउँछन्, ‘काम गर्न केही जानेको छैन । कसरी काठमाडौंमा टिक्ने भन्ने चिन्ता लाग्न थाल्यो ।’

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>