आज बुद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्मदिन । उसो त यतिबेला बुद्ध नेपालमा जन्मेका हुन् या हैनन् भन्ने बिषयमा विभिन्न खालका भ्रमात्मक खबरहरु प्रशारण भैरहेका छन् । यसैले पनि नेपालीहरुलाई आफ्नै देशमा जन्मिएका बुद्धको परिचय दिलाउँदै हिड्नु परेको छ ।यसैक्रममा गीतकार पुरुषोत्तम बस्नेतले आफ्नो नयाँ एल्बम ‘प्रभाव’मा पनि वुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशमुलक गीत समावेश गरेका छन् । पुस्तक प्रसादको संगीतमा समावेश यो गीतमा राजेशपायल राइले आवाज दिएका छन् । बसन्त अधिकारीको निर्देशनमा तयार भएको यो भिडियोमा चन्दन दत्तको सम्पादन, धर्म आचार्यको छायांकन छ ।
