
युट्युव आजकल मनोरञ्जनको साधन मात्र हैन पैसा कमाउने माध्यम पनि बनेको छ । तपाईंसंग सिर्जनशील सोंच छ र सामान्य भिडियो सम्पादन गर्ने कला छ भने त्यस्ता भिडियो युट्युवमा अपलोड गरेर लाखौं रुपैयाँ कमाउन सक्नुहुन्छ ।
१. रायन हिगा
युट्युवमा रहेको रायनको कमेडी च्यानलनिकै लोकप्रिय छ । सन् २००६ मा सुरु भएको यो च्यानलमा करिव १ करोड २२ लाख सब्सक्राइबर छन भने १ अर्बभन्दा बढि दर्शकले हेरिसकेका छन् ।
सब्सक्राइबरः १ करोड २२ लाख
पेजभ्यूजः १ अर्ब ७८ करोड
अनुमानित बार्षिक आम्दानीः १४ लाख ५९ हजार डलर
२. जियो सग
२५ बर्षे यी सुन्दरीको ब्युटि च्यानलका झण्डै ४६ लाख सब्सक्राइबर छन् । उनले आफ्ना दर्शकलाई ब्युटि टिप्स दिनुका साथै आफुले भर्खरै सपिङ गरेका सामाग्री बारे पनि जानकारी दिन्छिन् ।
सब्सक्राइबरः ४६ लाख ६१ हजार
पेजभ्यूजः १८ करोड
बार्षिक अनुमानित आम्दानीः ५ लाख ४६ हजार डलर
३. टोडरिक हल
सन् २०१० मा अमेरिकन आइडल नामक गायन प्रतियोगिताको नवौं नम्बरबाट बाहिरिएका टोडरिकलाई त्यो घटना भाग्योदयजस्तै भयो । त्यसपछि उनले आफुले गाएका र कोरियोग्राफी गरेका गीतहरु युट्युवमा अपलोड गर्न थाले जहाँ उनले नाम र दाम दुवै कमाए ।
सब्सक्राइबरः ८ लाख २६ हजार
पेजभ्यूजः ९ करोड
अनुमानित बार्षिक आम्दानीः ४ लाख २५ हजार डलर
४. पोष्टमोर्डन ज्युकबक्स ब्राण्ड
यो ब्याण्डले अहिलेका चलेका पपगीतलाई पुरानो कलेवरमा पुन रेकर्ड गरी युट्युवमा अपलोड गर्छ ।
सब्सक्राइबरः ५ लाख ४ हजार
पेजभ्यूजः ७ करोड
अनुमानित बार्षिक आम्दानीः २ लाख ३४ हजार
५. रोसाना प्यान्सिनो
रोसाना पकाउने कलाबारे भिडियो बनाएर युट्युवमा अपलोड गर्छिन् । उनको च्यानल सवैभन्दा चर्चित पाकशिक्षा च्यानल हो ।
सब्सक्राइबरः १९ लाख
पेजभ्यूजः ३० करोड
अनुमानित बार्षिक आम्दानीः १ लाख ९९ हजार डलर
६. मिस ग्ल्यामोराजी
इनग्रिड नेल्सन अर्थात मिस ग्ल्यामोराजीले घुरेलु सौन्दर्य बिधि, फेसन र पाकशिक्षाबारे भिडियो बनाउँन्छिन् ।
सब्सक्राइबरः २५ लाख
पेजभ्यूजः १७ करोड
अनुमानित बार्षिक आम्दानीः १ लाख ८६ हजार डलर
७. म्याट्टी बी
यी ११ बर्षे रयापर युट्युवमा निकै लोकप्रिय छन् । उनले बिभिन्न चर्चित गायकका कभर गीतहरु गाउँछन् ।
सब्सक्राइबरः २३ लाख
पेजभ्यूजः ९० करोड
अनुमानित बार्षिक आम्दानीः १ लाख ७५ हजार डलर
८. ड्युड पर्फेक्ट
५ युवाहरुको समूह अर्थात् ड्युड फर्केक्टले बिभिन्न ट्रिकहरु बारे दर्शकलाई जानकारी दिन्छन् । हेर्दै अचम्म र जादुमय लाग्ने यी युवाका हर्कत युट्युवमा निकै लोकप्रिय छन् । यसबारे उनीहरुले आफ्नै किताव र आइफोन गेम पनि निकालेका छन् ।
सब्सक्राइबरः २५ लाख
पेजभ्यूजः २६ करोड
बार्षिक अनुमानित आम्दानीः १ लाख ७५ हजार
९. केजी हो
केजी हो को च्यानल ब्लगीलेट्समा उनले बिभिन्न गीतहरु, उपयोगी खाना बनाउने तरिका र स्वस्थ्य जीवनका उपयोगी सीपबारे जानकारी दिन्छिन् ।
सब्सक्राइबरः १३ लाख
पेजभ्यूजः १० करोड
बार्षिक अनुमानित आम्दानीः ९२ हजार
१० भ्यालेन्टिना लिसित्सा
युक्रेनमा जन्मिएकी पियानो बादक भ्यालेन्टिनाले आफ्नो बाद्यकलाको भिडियो युट्युवमा अपलोड गर्न थालेको ६ बर्ष भएको छ । त्यसयता उनले युट्युवबाटै करियर बनाउँदैछिन भने पैसा पनि कमाउँदैछिन् ।
सब्सक्राइबरः १ लाख ३८ हजार
पेजभ्यूजः ७ करोड
बार्षिक अनुमानित आम्दानीः ७२ हजार डलर
source : onlinekhabar