Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

गृहमन्त्री बामदेव गौतम किन एकाएक रोए ?

$
0
0
काठमाडौ, वैशाख ३१ - सँधै कडा र चर्को स्वरमा राजनीतिक भाषण गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम बुधबार भने एक कार्यक्रममा आँशु थाम्न सकेनन् । आँखाबाट झरेको आँशु उनले लुकाउन सकेनन् । सबैको सामु रुमालले पुछिरहे ।


त्यसो त रुनेमा गौतम मात्र भने थिएनन् । कार्यक्रममा उपस्थित सबैको आखा रसाएको थियो । कति भक्कानिए नै । प्रसंग माइती नेपालद्वारा आयोजित 'मानव वेचविखनको वदलिंदो स्वरुप र हाम्रो सामुहिक प्रतिबद्धता'कार्यक्रमको हो ।


कार्यक्रममा जव वेचविखनलगायतका हिंसा पीडित किशोरीहरुले आफ्नो पीडा समेटिएको भावपूर्ण नाटक प्रस्तुत गरे सबै दर्शकहरु भावविह्वल बने । त्यसबाट गृहमन्त्री गौतम् पनि अछुतो रहन सकेनन् । उनको आँखाबाट पनि आँशु झरे । उनले मुटू दह्रो पार्दै प्रतिबद्धता पनि जनाए, 'यो निकृष्ट र घृणित अपराधलाई निरुत्साहित र निर्मूल बनाउन सरकार प्रतिबद्ध छ ।'


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>