Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भूत भगाइदिने भन्दै तान्त्रिकले गरे कलाकारको बलत्कार

$
0
0
फ्ल्याट दिलाउने लोभ देखाउँदै भारतमा एक चर्चित टेलिभिजन कलाकारको बलत्कार गरिएको छ । एक तान्त्रिकले चिठ्ठामा घर पारिदिने लोभ देखाउँदै एक कलाकारको बलत्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत महिला कलाकारले बारम्बार फ्ल्याटका लागि चिठ्ठा खेलेकी थिइन् । तर उनी लक्की ड्रमा नपरेर हैरान थिइन् । यसपश्चात उनी एक तान्त्रिकको शरणमा पुगेको बताइन्छ । अजीम खान नाम गरेका तान्त्रिकले यसपटक जसरी पनि फ्ल्याट पारिदिने भन्दै उनलाई आश्वसन दिएका थिए । उनको साथबाट तान्त्रिकले २५ लाख पनि लिएका छन् । तान्त्रिकले महिला कलाकारलाई तपाइको शरीरमा भूत पसेको छ र यसलाई भगाउन शारीरिक सम्बन्ध राख्नुपर्ने बताएका थिए । यसपश्चात उनले ती चर्चित टेलिभिजन कलाकारलाई बलत्कार गरेका थिए । बलत्कार गरेर २५ लाख लिई तान्त्रिक फरार रहेको प्रहरीले जनाएको छ । यतिबेला प्रहरीले ती तान्त्रिकको खोजी गरिरहेको छ ।
source : onlinekhabar

Viewing all articles
Browse latest Browse all 20351