३ जेठ, काठमाडौं । लाखौं नेपालीभाषीको थलो लार्जिलिङमा छुुट्टै राज्य 'गोर्खाल्याण्ड'पक्षधर उमेद्वार भारतीय लोकसभमामा चुनिएपछि खुसीयाली छाएको छ।
साना राज्यको पक्षमा वकालत गर्दै गोर्खाल्याण्डको समर्थन गरिहेको भारतीय जनता पार्टीका एसएस अहलुवालियाले छुट्टै राज्यको कट्टर विराधी तृणमूल कंग्रेसका भाइचुङ भुटियालाई झण्डै २ लाख मत अन्तरले हराएका हुन्।
त्यस्तै नेपालीभाषी अत्याधिक रहेको असम
राज्यको तेजपुरबाट भाजपाकै रामप्रसाद शर्मा अत्यधिक मतले विजयी भएका छन्।
सिक्किममा विधानसभासँगै सम्पन्न चुनावी परिणामले पवन चाम्लिङ अध्यक्ष रहेको सिक्किम फ्रन्टकै बहुमत आउने देखिएको छ।
३२ सिट मध्ये एसडीएफले २० भन्दा धेरैमा जित हासिल गरेको छ। चाम्लिङ विजयी हुदैँ सिक्किममा पाँचौं पटक मुख्यमन्त्री हुने रेकर्ड देखिएको छ। सिक्किमबाट एसडीएफकै प्रेमदास राइले लोकभसा चुनाव जितेका छन्। नागरिक दैनिकमा समाचार छ ।