प्रेम सुनार गुल्मी बैशाख ४ ।
उज्वल भविश्यको सपना बोकेको एउटा युवाले प्रचण्ड जस्तो नेतालाई त्यसै थप्पड हान्दैन् भन्ने कुरा पदम कुँवरको कथा व्याथाबाट बुझ्न सकिन्छ ।
बाबु , दाजु र दिदी पहिलै देखि माओवादी जनयुद्धमा होमिएका थिए । बाग्लुङ्गको अति विकट गाविस राजकुटका पदम कुँवर पनि माओवादीको विद्यार्थी संगठनमा थिए जसका कारण उनि सेनाबाट यति प्रताडित भएकी उनि कहिले भारत त कहिले विदेश भाग्न बाध्य भए ।
माओवादीले जनयुद्ध नथाल्नु पुर्व त्यस राजकुट गाविसमा उनका वावु मसालका एक मात्र कार्यकर्ता थिए । जसका कारण त्यस बेलाका कांग्रेस , एमालले बसी खानु दिएका थिएनन् । त्यस कारणले मात्रै उनिहरुको परिवार माओवादी जनयुद्धमा लागेको थियो ।
कैयौं डर लाग्दा भिण्डन्तहरुमा लडेका उनका दाजु जसका शरिरमा वमका छर्रा छन्, दलानमा लडेका छन् । दिदी पनि घाईते अपाङ्ग । त्यो पदमका लागि मात्र पिडाको कुरा थिएन् माओवादीमा लागेका सवैको पिडा थियो । जसले गर्दा उनी आवेशमा आएर प्रचण्डको गालामा थप्पड हाने ।
थप्पड हानेर पनि यो देशको नेता उनले प्रचण्डलाई ठाने तर उनलाई मान्छे गनिएन । त्यस कारणले उनि अहिले बाध्य भएर नेकपा–माओवादीमा प्रवेश गरेका छन् । उनि प्रचण्डलाई थप्पड हानेकोमा कत्ति पछुतोमा छैननन् र खुवै ठुलो काम गरे भन्ने घमण्ड पनि गर्दैनन् ।
सवै भन्दा ठुलो पिडा उनलाई आफ्नी आमाले मानसिक सन्तुलन गुमाएकोमा छ । घरबाट हराएकी आमा खोज्न उनि माओवादी छापा मारकै शैलीमा घरबाट भिमगिठे , पाटाखर्क , अर्खबाङ्ग हुँदै हिडेर सदरमुकाम तम्घास आएका थिए ।
आमाको खोजीका लागि सहयोग गरी दिन आग्राह गर्न सहकर्मी प्रेम सुनारलाई भेटेका उनि रेडियो कुराकानी गर्दै भन्छन् –‘ ‘प्रचण्डलाई थप्पड मात्र होईन् यो देशका युवाहरुले अव उनि जस्ता यो देशका नेताहरुलाई आत्मा घाती हमला समेत गर्न सक्छन् ।’ सुनैं...
