Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘त्रिशूली प्रबाह’ साप्ताहिकले ओलीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको भन्दै अब ओली लामो समय नबाँच्ने दावी गरको छ ।

$
0
0
काठमाडौं, – एमाले संसदीय दलका नेता एबम् अध्यक्ष पदका प्रत्यासी केपी ओली गम्भीर बिरामी भएको एक साप्ताहिकले दाबी गरेको छ ।आज प्रकाशित ‘त्रिशूली प्रबाह’ साप्ताहिकले उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको भन्दै अब ओली लामो समय नबाँच्ने दावी गरको छ ।
               हिजो मात्र थाइल्याण्डबाट आफ्नो फेसबुकमा केपी ओलीले पोस्ट गरेको फोटो
स्रोतका हवाला दिँदै पत्रिकाले ‘डाक्टरहरुले ओलीको जिवित रहने अवधी समेत तोकिइसकेको’ दाबी गरेको छ । पत्रिकाले लेखेको छ–ओलीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर भएको कारण उनी लामो समयसम्म जिवितै रहेर नेतृत्व लिन सक्ने अवस्थामा छैनन् । उनलाई डाक्टरहरुले अवधी तोकिसके पनि ओली आफैंले यो कुरा खुलासा गरेका छैनन् । तर ओलीलाई आफ्नो आयु कति छ भन्ने बारेमा जानकारी भइसकेको छ ।
पत्रकारिकाता धर्म अनुसार कुनै पनि व्यक्तिलाई हतोत्साहित बढाउने, पीडामाथि पीडा थपेर मानसिक आघात पार्ने खालको समाचार प्रकाशन– प्रशारण गर्न हुँदैन । तर, पत्रिकाले भने अपुष्ट स्रोतको हवाला दिँदै उपचारको क्रममा रहेका ओली ‘मृत्यु’ नजिक पुगेको बताएको हो ।पत्रिकाले ओलीले लामो समय नबाँच्ने थाहा पाएरै जसरी भएपनि असारमै महाधिवेशन गर्नमा जोड दिएको भन्दै महाधिवेशन भएपछि बामदेब गौतमलाई कार्यबाहक अध्यक्ष दिने सहमति ओलीले गरिसकेका छन् । सो पत्रिकाले ओलीमात्रै नभएर गौतम , माधव नेपाल, विद्या भण्डारीलगायतलाई गम्भीर रोग रहेको उल्लेख गरेको छ ।

‘म्यानेन्जाइटिस’ भएपछि ओली उपचारको क्रममा थाइल्याण्डमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको ओली निकट स्रोतले जनाएको छ।एक्सासी बिरामी भएपछि राजधानीको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ओलीलाई मेनेन्जाइटिस भएको पुष्टि भएको थियो । चिकित्सककै सल्लाह अनुसार उनलाई बैंकक लागिएको हो । यसअघि पनि गत फागुन ९ गते धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारपछि थप उपचारका लागि फागुन १८ मा दिल्ली लगिएको थियो । दिल्लीमा डेढ महिनासम्म उपचार गरेर ओली बैशाख ३ गते नेपाल फर्केका थिए ।
उपचारपश्चात अहिले उनको स्वास्थ्य अबस्था ठीक हुँदै गएको छ । ओलीका स्वकिय सचिव इन्द्र भण्डारीले पनि उनको अवस्थामा क्रमिक सुधार भएको बताए । उनले भने– म यहाँ(काठमाडौं) भएपनि नियमित सम्पर्क भइरहेको छ । उहाँको अवस्था सामान्य हुँदै गएको छ । अब केहि दिन आराम गरेर उहाँ स्वदेश फर्कनुहुनेछ ।
source : tatonews.com 

Viewing all articles
Browse latest Browse all 20351