बारा, बैशाख १०- पुर्वराजा ज्ञानेन्द्र शाहले भारतमा नरेन्द्र मोदीले चुना जित्न गइरहेकाले मोदीको जितपछि नेपालमा पनि राजसंस्था फर्कने विश्वास व्यक्त गरेका छन् । बाराको सिसहनियाको शुरेश्वरनाथ मन्दिरमा पुजा अर्चना गर्न त्यहाँ गएका शाहले उक्त विचार व्यक्त गरेका हु्न्।
जनताको लागि आफुले जिल्ला-जिल्लामा गई पुजा अर्चना गर्न लागेको उनले बताएका छन् । । बाराको सिसहनियामा रहेको सुरेश्वरनाथ महादेव मंन्दिरमा पुजा गर्न पुगेका पुर्वराजाले जनताहरुको सुःख, शान्तिका लागि आफु पुजापाठमा ब्यस्त रहेको बताएका छन् । ।
उनले भारतमा हिन्दुबादी नेता नरेन्द्र मोदीको शासन आउने र नेपालमा पनि त्यसको प्रभाव पर्ने दावी गर्दै चाडै नै राजसंस्था फर्कीने बताए । ।
पुर्वराजाको स्वागतमा त्यहाँका स्थानियबासीहरुले ‘राजा आउँ देश बचाउ’ भन्ने बिभिन्न नाराहरु लगाएका थिए । पूर्वराजाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्रको ब्यापक रुपमा परिचाल गरिएको थियो । स्रोत : तातो न्युज