१८ जेठ, काठमाडौं ।
विश्वमा दोस्रो धेरै जनसंख्या भएको भारतमा एक नम्बरमा आउनु चानचुने कुरा होइन । त्यसमाथि पनि नायिका दीपिका पादुकाण यतिबेला सर्वाधिक रुचाइएकी महिलामा अग्रपंक्तिमा आएकी छन् । टाइम म्गाजिनले गत वर्षभरमा इच्छाइएकी महिलाको सूचीमा मत सर्वेक्षण चलाएको थियो ।
सर्वेक्षणमा सात लाख ३४ हजार मत पाउँदै दीपिकाले सन् २०१३ की मोस्ट डिजाएरेवल वुमन चयन भएकी हुन् ।
उक्त उपाधिकी साविक विजेता दीपिकाले यस वर्ष पनि उपाधि रक्षा गरेकी हुन् । सन् २०११ मा भने उनी तेस्रो स्थानमा थिइन् । दीपिकालाई पछ्याउने क्रममा अर्की नायिका कट्रिना कैफ फस्ट रनअप भएकी छन् । कट्रिना गतवर्ष पनि फस्ट रनअपमै चित्त बुझाएकी थिइन् ।
सूचीमा नायिका ज्याक्लिन फर्नान्डेजले भने आक्रामक रुपमा फड्को मारेकी छन् । गतवर्ष आठौं स्थानमा रहेकी उनी यसपालि भने तेस्रो स्थानमा अउन सफल रहिन् ।
अझ रमाइलो त के छ भने पोर्न स्टारको छविमा परिवर्तन गर्दै बिग बोस हुँदै बलिउड छिरेकी सन्नी लियोनी चौथो इच्छाइएकी महिला बनेकी छिन् । उनी सन् २०११ मा २१ औं स्थानमा थिइन् ।
त्यसबाहेक टप १० मा पर्ने डिजाएरेवल वुमनको सूचीमा क्रमशः प्रियंक चोपडा, चित्रांगदा सिंह, श्रीया शन, इशा गुप्ता, कंगना रनावत र श्रद्धा कपुर चुनिएका छन् । उता, विपाशा बसुको क्रेज भने घट्दै गइरहेको सुचीले देखाएको छ ।
गतवर्ष सातौं स्थानमा आउन सफल उनी यसपटक भने २१ स्थान तल झरेकी छन् । यसरी झर्नेमा अर्की नायिका असिन पनि छन् । उनी १६ औं स्थानबाट तल झर्दै यस वर्ष ४० औंमा पुगिन् । आजको कान्तिपुरमा खबर छ ।