Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फेसबुकमा गृहमन्त्रीविरुद्ध 'कमेन्ट'गर्ने अधिकृत पक्राउ

$
0
0
लहान– गृहमन्त्रीबारे गम्भीर प्रकृतिको कमेन्ट लेखेको आरोपमा शनिबार इलाका प्रसाशन कार्यालय लहानका प्रमुख (प्रशासकीय अधिकृत) राजुप्रसाद साह पक्राउ परेका छन्। साहलाई वीरगञ्जस्थित घन्टाघर क्षेत्रबाट पक्राउ गरी काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय वीरगञ्जका एसपी धीरजप्रताप सिंहले जनाए। 'के मुद्दा हो मलाई थाहा भएन,'उनले भने, 'माथिबाट पक्राउ गर्न आएको आदेश अनुसार पक्राउ गरी काठमाडौं पठाइयो।'
गृहमन्त्रीको जेब्राक्रसबारे नयाँ पत्रिका दैनिकमा छापिएको तस्बिरमा फेसबुकमार्फत प्रशासक साहले 'उनलाई पिछुवाडामा गोली ठोकिदिनुपर्छ'भनेर कमेन्ट गरेका थिए। फेसबुकमा गरेको उक्त कमेन्टबारे स्थानीय पत्रकारसँगको जिज्ञासामा साहले आफूले कमेन्ट लेखेको स्वीकार गरेका छन्। 'उनले (गृहमन्त्रीले) जे पनि गर्न हुने, मैले लेख्न पनि नहुने,'स्थानीय पत्रकार सन्तोष यादवले लिएको प्रतिक्रियाको अडियो रेकर्डमा उनले भनेका छन्, 'गोली हानी त दिएको छैन नि।'
यो प्रतिक्रियासहितको समाचार स्थानीय पत्रिका 'साक्षी पोस्ट'मा छापिएपछि प्रशासकीय अधिकृत पत्रिकाको कटिङ फेसबुकमा राखेर पत्रकारहरूविरुद्ध खनिएका थिए। उत्रिएका थिए। साहले गृहमन्त्रीका सम्बन्धमा गरेको कमेन्टप्रति गृह प्रशासनले चासो लिँदै यथार्थ छानबिन गर्न जिल्ला प्रहरी र प्रशासन कार्यालय सिराहालाई निर्देशन दिएको थियो। शुक्रबार उनी कार्यालयमा बिदा लिई वीरगन्जस्थित घर गएका थिए।
शनिबार उनलाई गृहको आदेशमा वीरगञ्ज प्रहरीले पक्राउ गरेको हो। बारा जिल्ला पिपराडी ४ का साह करिब दुई वर्षदेखि इप्रका लहानमा कार्यरत छन्। स्रोत : नागरिक न्युज

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>