Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

शिक्षकको निर्मम कुटाइबाट अस्पताल भर्ना, जिल्ला अस्पतालमा उपचार हुन सकेन

$
0
0
पाल्पा, जेठ २३ । गृहकार्य नगरेको भन्दै शिक्षकले अस्पताल भर्ना हुने गरी विद्यार्थीलाई कुटेका छन् । खानीगाँउको खानीगाँउ मावि बगैंचामा ५ कक्षामा अध्ययनरत दिलीप विकलाई गणित विषयका शिक्षक रामप्रसाद गैरेले मंगलबार निर्घात कुटपीट गरेका हुन् ।

विकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज रिफर गरिएको छ ।

उनको टाउको र अनुहार सुन्निएको छ। दुवै आँखा सुन्निएर पुरिएका छन्। उनको सिटी स्क्यान गरेपछि मात्र थप असर थाहा हुने अस्पतालले जनाएको छ।

शिक्षक गैरेले गृहकार्य नगरेको भन्दै कक्षा ५ का अन्य १२ जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए । गैरेले कंचटमा मुक्का हानेपछि विक ढलेका थिए। यसैबीच सर्टको टाक नलगाएको भन्दै तानसेनको सरस्वती मावि सुन्दरगाँउका प्रधानाध्यापकले शंकर पौडेलले १० कक्षाका प्रकाश सुनारलाई बुधबार कुटपिट गरेका छन् ।
- नयाँ पत्रिका दैनिक

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>