
अमेरिकाकी मिचैल क्रस सिकागो विश्वविद्यालयकी एक विद्यार्थी हुन् ।
हाल २३ वर्षीया उनले अघिल्लो वर्ष भारतमा रहँदाको भोगाईबारे केही शब्दहरु कोरिन् । अध्ययनको क्रममा भारतमा रहँदा उनले धेरैपटक यौनहिंसा सहनुपर्यो । केही दिन अघि नयाँ दिल्लीमा उच्च तहका व्यक्तिहरुले नै उनको सामूहिक बलात्कार गरे ।
बलात्कारपछि अस्पताल भर्ना भएकी उनलाई मानसिक सन्तुलन गुमाएको भन्दै निकालियो ।
त्यसपछि उनी भारतबाट फर्किइन् । उनले लेखेको भोगाई सीएनएनमा पोस्ट गरियो । उनको सो ‘इण्डिया : दी स्टोरी यू नेभर वान्टेड टु हियर’ नामक कथा फेसबुक र ट्वीटरमा ८० हजारभन्दा बढीले सेयर गरे । विहीबारमात्रै झण्डै ९ लाख जनाले पढे ।
उनले लेखेको आफ्नो भोगाईको अनुदित अंश
जब मान्छेहरुले मलाई भारतमा पढ्दाको अनुभव सोध्छन्, मलाई सँधै द्विविधा उत्पन्न हुन्छ – केही महिनामात्रै अगाडि भएको एउटा आततायी घटनाबारे एक वाक्यमा कसरी बुझाउँ भनेर ।
मैले देखेँ भारत राम्रो छ तर महिलाहरुको लागि उस्तै खतरायुक्त पनि । मेरो भोगाइमा कसैको विश्वास हुन्छ कि हुँदैन बरु मलाई यसमा शंका छ । मेरो भोगाईले आउँदा दिनमा मान्छेहरुलाई सर्तक रहन मदत पुर्याओस् ।
मैले भारतको पुनेमा पहिलो रात कसरी बिताएँ ?, त्यो म भनौँ वा छोडौँ ? अथवा अमेरिकी युवतीहरु गणेशा पर्वमा आयोजित कार्यक्रममा नाच्न थालेपछि कसरी भारतीयहरुले घेरे त्यो पनि बताउँ कि के गरौँ ?

बजारमा उनीहरुले सेक्सको लागि बार्गेनिङ्ग गरेको, हामीलाई धकेल्ने गरेको, स्तन र नितम्बमा समाउने गरेको कुरा पनि म भनौँ ?
के म गोआको एउटा सून्दर होटलमा सुतिरहेको बेला भएको घटना पनि बताउँ ? म उत्तानो परेर ओछ्यानमा सुतिरहेको बेला मलाई र मेरो साथीलाई होटलका सदस्यहरुले यौनसम्पर्कको लागि पटक पटक फोन गरेको, ढोका ढकढकाएको पनि भनौँ ?
म बसमा यात्रा गरिरहको बेला केही युवाहरुले म तिर हेर्दै हाँस्दै हस्तमैथुन गरेको म कसरी हेर्न सक्थेँ ? ४८ घण्टाको यात्राको क्रममा म माथ दुईपटक बलात्कारको प्रयास भयो ।

जब म भारत गएँ, एक वर्ष अगाडि, त्यतिबेला मेरो उद्देश्य भनेको अध्ययन गर्नु थियो । मलाई अलिअलि हिन्दी बोल्न आउँथ्यो । त्यहाँ गोरा युवतीहरुलाई यौनसाधनको रुपमा लिइँदो रहेछ । म भारत नजाँदै केहीले भन्थे – पहिरन छोटो नलगाउनु, बाटोमा हाँस्दै नहिड्नु ।
त्यो त मैले गरेँ तर मेरो रङ्ग, कपाल, आँखाले म भारतीय होइन भन्ने जनाउँथ्यो ।
मैले लामो कपाडा लगाउँथे तर अनुहार नै लुकाएर हिँड्न सकिन ।
त्यसपछि मेरो तस्बिर बाटोमा खिच्थे, म बोल्न सक्दिनथेँ । ती तस्बिरहरुलाई ‘पोर्नपोस्टर’ बनाएको मैले देखेँ ।
म पछिल्लो तीन महिना यस्तो ठाउँमा बसेँ, जसलाई म ‘खुम्नेको लागि स्वर्ग तर महिलाहरुको लागि नर्क’ भन्न रुचाउँछु ।
मलाई उनीहरुले मनलाग्दी गरे, जुन कुरा मैले कल्पना समेत कहिल्यै गर्थिन । मलाई मेरो डरलाग्दो सपना एयरपोर्टमै सकिएला जस्तो लागेको थियो तर त्यो त सुरुवात मात्रै पो रहेछ । (एयरपोर्ट नजिकको सडकमा बलात्कार हुँने घटनाबारे ।) यो पीडाभन्दा अरु सबै कुराहरु साना हुन् । म अप्रिल फुलको दिनमा ब्यूझिएँ । ब्युँझिदा मलाई बाँच्न मन लागेन ।

म अस्पतालमा पो रहेछु । मेरो डाइग्नोसिस गरियो । पिल्स चक्की खुवाउन भनियो, जुन म चाहन्थिन । त्यसपछि मलाई मानसिक वार्डमा सारियो । मेरो इच्छा विपरित दुई दिनसम्म त्यहाँ राखियो । पछि मानसिक खराबी छ भनेर मलाई स्कूलबाट पनि निकालियो । मैले सोचेँ मेरो मानसिक सन्तुलन बिग्रिएछ । त्यसपछि मैले पीटीएसडी परीक्षण गर्दा सन्तुलन ठिक देखियो । आङ्ग सिरिङ्ग भयो । छाँगाबाट खसे जस्तै भएँ ।
म मात्र एक्लो होइन, त्यहाँ पीटीएसडी परीक्षण नगरी मानसिक वार्डमा विरामीहरु पठाइन्छन् ।
मैले आफ्नै समस्या बुझेँ, त्यसले नै मलाई साथ दियो ।
म भगवानलाई धन्यवाद दिन्छु, भारतको मेरो अनुभवको लागि ।
सत्य जीवनको उपहार हो, बोझ हो, जिम्मेवारी पनि हो । त्यसैले मैले तपाइँसँग साटेँ ।
भारतको बारेमा तपाइँले मलाई सोध्दा भन्नुपर्ने ‘सुन्न नसकिने, तर पढ्नैपर्ने कथा’ हो यो ।
एजेन्सी source : osnews