Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फेसबुक खोल्दा भिडियो बजेर हैरान हुनुहुन्छ भने यसरी हटाउन सकिन्छ

$
0
0
कम्प्युटरमा आफ्नो फेसबुक अकाउण्ट लगइन गर्ने बित्तिकै असम्बन्धित भिडियो आफै बजेर हैरान गर्छ कहिलेकाहीा । आफुले खोल्दै नखोलेको भिडियो एक्कासी आफ्नो फेसबुकमा बज्दा दिक्क होइन्छ । वास्तवमा यस्तो भिडियो फेसबुकले नै राखेको हो । 

फेसबुकले हालै सुरु गरेको यस्तो भिडियो विज्ञापनको शैलीलाई धेरै प्रयोगकर्ताले आलोचना गरेका छन् । वास्तवमा यस्ता विज्ञापनमा विभिन्न खाले वस्तु तथा सेवाको बारेमा बखान गरिएको हुन्छ । यी विज्ञापन बज्न थालेपछि त्यसलाई क्लोज नगरी सुखै छैन ।

तर यदि तपाइाले फेसबुकको सेटिङ मिलाउनुभयो भने यसरी आफै नचाहिने भिडियो बज्ने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । अटो प्ले फिचर्सलाई निस्कृय बनाउने हो भने फेसबुकको भिडियो विज्ञापनको हैरानीबाट छुटकारा पाउन सकिन्छ ।

कसरी गर्ने ?

१. तपाइको फेसबुक अकाउण्ट साइट इन गर्नुहोस् । दायाँभागतर्फ स्क्रोल गर्नुहोस् र सेटिङ अप्सनमा क्लिन गर्नुहोस् । त्यसपछि बााया भागमा सबैभन्दा तल भिडियो भन्ने अप्सन देखा पर्नेछ ।

२. भिडियो अप्सनमा गएर राइट क्लिक गर्नुहास् । त्यसपछि त्यहाँ आउने अफ भन्ने अप्सनमा क्लिक गरेपछि फेसबुकमा आफै भिडियो विज्ञापन बज्ने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>