Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भारतलाई नचाउने नेपाली छोरी तेरिया मगरको आफ्नो गाउँमा भब्य स्वागत

$
0
0
Exclusive: 11 photos: बुटवल- भारतीय टेलिभिजन लियालिटी शो डान्स इन्डिया डान्स (DID) को लिटल मास्टर न्रित्य प्रतियोगितामा आफ्नो मनमोहक न्रित्य गरेर उत्कृष्ट ५ जना (Top 5) मा चुनिन सफल नेपाली छोरी ११ बर्शिय तेरिया फौँजा मगरलाई आफ्नो गृह जिल्ला रुपन्देहीमा भब्य स्वागत गरिएको छ। उनी बिहीवार उनकी आमा अनिता फौंजा मगर, जिटिभीका २ जना क्यामेरामेन र १ जना न्रित्य कोरियोग्राफरसंग मुम्बईबाट काठमाडौं हुँदै भैरहवा आईपुगेकी थिईन्। उनले न्रित्य प्रशिक्षण लिएको बुटवलको बागेश्वरी कला केन्द्रको आयोजनामा भैरहवा एयरपोर्टबाट भब्य जनस्वागत गरिएको थियो भने बाटामा बुटवल हुँदै तेरियाको गाउँ रुपन्देहीकै रुद्रपुरसम्म हजारौं जनमानसले बाजागाजासहित उनको स्वागत गरेका थिए। तेरिया दुई रात आफ्नो घर रुद्रपुर बसेर शनिबार बाँकी प्रतियोगिताकालागि फेरी काठमाडौं हुँदै मुम्बई फर्किएकिछिन्।

Dance India Dance's Top 5 Little Master winner Teriya Magar has attended her public reception in Rupandehi, her home district on June 5, 5 and 7, 2014. Photos: Numa Rahadi Magar

बिहीवार तेरिया र जिटिभीको टीमलाई भैरहवा एयर्पोर्टबाट स्कोर्ट गरी आएको टोलीलाई बुटवलमा तेरियाको पुर्ख्यौली घर गुल्मी ठूलो लुम्पेकबासीहरुको सन्जाल र लुम्पेकी साँस्कृतिक मन्चद्वारा स्वागत गरिएको थियो भने स्वागतपछि तेरियाको टोली उनको हालको गाउँ रुपन्देहीकै रुद्रपुरको वडा नं. ६ को हरैया पुगेको थियो।
Dance India Dance's Top 5 Little Master winner Teriya Magar has attended her public reception in Rupandehi, her home district on June 5, 5 and 7, 2014. Photos: Numa Rahadi Magar

बगेश्वरी कला केन्द्रको आयोजनामा बुटवलको ट्राफिक चौकमा शुक्रबार एक भब्य नागरिक अभिनन्दन सभाको आयोजना गरिएको थियो। सो टोलीलाई शुक्रबारनै कपिलबस्तु ४ नम्बरका जनताले पनि भब्य स्वागत गरेका थिए।

जिटिभी टोलीले तेरियाको घरमा उनकी कक्षा ८ मा पढ्दै गरेकी दिदी रिक्मा र बाजे भारतीय गोर्खाली सेना ११ गोर्खा राइफल्सका अनरेरी नाईक सुबेदार कृष्णबहादुर फौँजा मगर र बजैलाई भेटेर अन्तरवार्ता लिएको थियो भने सो टोलीले तेरियाले अध्ययन गर्ने हरैयामा एक्स आर्मी बोर्डिङ स्कूल, र बुटवलमा तेरियाले न्रित्य प्रशिक्षण लिएको बागेश्वरी कला केन्द्रमा पुगेर भिडियो सुटिङ गरेको थियो। उक्त कला केन्द्रमा न्रित्य निर्देशक मुकेश गुरुङले तेरियालाई न्रित्य सिकाएका थिए भने केन्द्रका प्रिन्सिपल सुरेश सेन्चुरी हुन्।
Dance India Dance's Top 5 Little Master winner Teriya Magar has attended her public reception in Rupandehi, her home district on June 5, 5 and 7, 2014. Photos: Numa Rahadi Magar

प्रतिभाशाली नेपाली छोरी तेरिया मगरलाई जिटिभीले उनको आफ्नो गाउँसम्म यसरी पछ्याउनुको कारण उनले डान्स इन्डिया डान्स (DID) को लिटल मास्टर न्रित्य प्रतियोगितामा देखाएको उत्कृष्ट न्रित्य प्रतिभा र सम्भवत: उनले  डान्स इन्डिया डान्सको लिटल मास्टर न्रित्य प्रतियोगिता जित्ने सम्भावना प्रबल रहेको कारण हो।
The crowd waiting see a glimpse of Dance India Dance's Top 5 Little Master winner Teriya Magar at her public reception in Rupandehi on June 5, 5 and 7, 2014. Photos: Numa Rahadi Magar
को हुन् यि बालिका?

तेरिया मगर सन् २०१२ मा काठमाडौंमा स्कूल वेल्फिल्ड्स काराभानद्वारा आयोजित एक लाख रुपैंयाँ नगद पुरस्कारको 'मेघा डान्स कन्टेस्ट' (१० बर्ष मुनिका) प्रतियोगितामा प्रथम भएकी प्रतिभाशाली नेपाली बालिका हुन्।
Dance India Dance Litter Master Top 10 finalist Teriya Magar. Photos courtesy: Zeetv.com. Vote for her here>>

यो पङ्तिकारको गाउँ गुल्मी जिल्लाको ठूलो लुम्पेक वडा नं १ बुझुङ खोला पुर्खौली घर भएकी तेरियाको हालको बसाई रुपन्देही जिल्लाको रुद्रपुर-६ हरैयामा रहेको छ। उनी हरैयास्थित एक्स आर्मी बोर्डिङ स्कूलकि कक्षा ५ कि विद्यार्थी हुन्। काठमाडौं विश्वबिद्यालयका प्राध्यापक कवि तथा मूर्तिकार भुवन थापा मगर बहुवीकाअनुसार उनका बुवा बिजय फौँजा मगर अहिले दुबईमा कार्यरत छन् भने उनकी आमा अनिता फौँजा मगर अहिले तेरियालाई लिएर मुम्बईमा रहेकिछिन्। तेरियाका बाजे कृष्णबहादुर फौँजा मगर भारतीय गोर्खाली सेना ११ गोर्खा राइफल्सका अनरेरी नाईक सुबेदार हुन् भने उनका बाजे रुद्रबहादुर फौँजा मगर परिचित समाजसेवी हुन्।
Dance India Dance Litter Master Top 10 finalist Teriya Magar. Photos courtesy: Zeetv.com. Vote for her here>>
तेरियालाई मत हाल्न यो लिन्कमा जानुहोस्:

http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/
हाम्रो पनि अग्रिम बधाई छ तेरिया मगरलाई !
-Numa Rahadi Magar in Butwal

Teriya's mother Arati Phauja Magar welcome by Lumpeki Cultural Manch in Butwal.




Dance India Dance's Top 5 Little Master winner Teriya Magar has attended her public reception in Rupandehi, her home district on June 5, 5 and 7, 2014. Photos: Numa Rahadi Magar

Teriya Magar and her mother with Zee TV crew arriving at Bhairahawa Airport on June 5, 2014. Photos: Numa Rahadi Magar
source : usnepalonline

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>