काठमाण्डौ, असोज ७ । अभिनेत्री पूजना स्त्री मुम्बईमा अड्किएकी छिन् । नेपाल ल्यान्ड हुने प्लेनको टिकट प्याक भएपछि आफु मुम्बइमै रोकिनु परेको पूजनाले बताइन् । फेसबुक कुराकानीमा पूजनाले सन्देश व्यक्त गरिन्- एक महिनाको कार्यक्रम पाँच दिन अगाडी सकिएको छ । दशैं अगाडी नेपाल आउने टिकट पाउन कठिन रहेछ । पूजना सहित अन्य साँस्कृतिक टोली पनि टिकट नपाएपछि मुम्बइमा रोकिएको छ । चकलेट नामक फिल्म निर्माण गर्ने तयारीमा रहेकी पूजनाले थपिन्- 'हामी प्लेनको पखाईमा छौं ।' पूजनाको चकलेटलाई निर्मला शर्मा 'गैडा'ले निर्देशन गर्दैछन् । फिल्मकी मुख्य हिरोइन उनी नै हुन् । भित्री वस्त्र देखिने गरी पूजनाले मुम्बइमा प्रस्तुत गरेको तस्बिर केही समय अघि सामाजिक सञ्जालमा हिट भएको थियो ।स्रोत/फिल्मीखबर डट कम , Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧