काठमाडौं, जेठ २५ । गायक रामकृष्ण ढकाललाई ललितपुर पुल्चोकस्थित लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ऋण तिर्न १५ दिनको अल्टिमेटम दिएको छ ।
आइतबार सू्चना नै प्रकाशित गरी ढकाल र जमानत बस्ने उनकी श्रीमती निलम शाह ढकाललाई पटक–पटक ऋण तिर्न लाकेता गर्दा पनि नतिरेको भन्दै १५ दिने अल्टिमेटम दिएको हो ।
यसअघि सम्पूर्ण सावा, ब्याज तथा अन्य दस्तुर तिर्न अनुरोध गर्दापनि वेवास्ता गरेको गरेको भन्दै फोटो सहितको १५ दिने सूचना प्रकाशित गरिएको उल्लेख छ । १५ दिनभित्र ऋण नतिरे ऋणी तथा जमानी बस्नेको चलअचल सम्पत्तिबाट र कानून बमोजिम उनीहरुको घरघरानाबाट असुल गर्ने उल्लेख गरिएको छ ।
.jpg)