Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

एक्कासी बाँध फुट्दा २४ विद्यार्थी यसरी बगे (भिडियो सहित)

$
0
0
२८ जेठ ।
भारतको हिमान्चल प्रदेशको मंडीमा गत आइतबार बाँधमा बाढी आएपछि २४ विद्यार्थी र एक टुर म्यानेजर गरी २५ जना भेलमा बगेर वेपत्ता भएका थिए उनीहरुको अहिले सम्म कुनै पत्तो लागेको छैन । उद्दारकर्ताहरु लागिपरेको भएपनि कसैको पनि शव समेत फेला परेका छैनन् हैदरावादबाट हिमान्चल पुगेका इन्जिनियरिङका विद्यार्थीहरु चर्चित लारजी बाँध हेर्न स्थानीय नदीमा पुगेका थिए । तर उनीहरुले भ्रमण गर्ने समयमा एक्कासी बाँधमा पनीको मात्र बढ्यो र उनीहरु सबै पानीमा बगे ।
यसैबीच उनीहरु बगेको भिडियो सार्वजनिक भएको छ ।
भारतीय चर्चित सञ्चार माध्यम अमरउजालाले विद्यार्थीहरु बगेको दृष्य सार्वजनिक गरेको हो । दृष्यमा ती विद्यार्थीहरु बग्नु अघि बाँध हेर्दै रमाइरहेका र बाँध फुटेपछि चिच्याउँदै ज्यान बचाउने कोशिस गरेको देखिन्छ । उक्त समूहमा रहेका केहीले बाँधमा बाढी आएपछि तस्विर समेत लिएका थिए ।
video footage of 24 Engineering Students From Hyderabad Washed Away in Himachal Pradesh

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>