चर्चित भिडियो वेबसाइट युट्युब नहेर्ने मानिस कमै होलान। आज गीत, चलचित्र देखि सिरियल सम्म युट्युबमा हेर्न पाइन्छ। यतिखेर युट्युबको लोकप्रियता शिखरमा छ। युट्युबका हेर्नेहरुलाई अर्को खुसीको खवर पनि आएको छ। गुगलले अब युट्युबलाई इन्टरनेट बिनानै हेर्न मिल्ने बनाउन लागेको छ। सुन्दै अचम्म र अविश्वसनिय लागे पनि यो कुरा भने सोह्रै आना साँचो हो। गुगलले प्रयोगकर्तालाई इन्टरनेट बिना पनि लगातार ४८ घण्टासम्म युट्युबका भिडियो हेर्न मिल्ने सुविधा ल्याउन लागेको हो । नोभेम्वर देखी गुगलले यो सुविधा ल्याउँदै छ। ४८ भन्दा बढि अवधी युट्युबको भिडियो हेर्नु परेमा भने इन्टरनेट पुनः जोड्नु पर्ने हुन्छ।प्रयोगकर्ताले इन्टरनेट भएको बेलामा युट्युबको भिडियोलाई एड टु डिभाइस अप्सनमा क्लिक गरेपछ इन्टरनेट नभएको समयमा पनि हेर्न सक्दछन्। ४८ घण्टा बितेपछि भने फेरी इन्टरनेटको जरुरत पर्दछ,यो सुविधाले युट्युवलाइ निकै फाइदा पुग्ने अनुमान छ। यसरी हेरिने युट्युबका भिडियोमा विज्ञापन पनि देखाइनेछ जुन इन्टरनेट भएका बेलामा हेर्दा देखिदैन्। Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧