
रौतहट, आषाढ १ । रौतहटको रङ्गपुर गाउं विकास समिति वडा नम्बर ५ नयांबस्तिमा श्रीमती अपरहण गर्न लागेको आरोपमा उनकै श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्रीमान नवलकिसोर प्रसाद साह रहेका छन् ।भारतीय जीपमा आएका साह सहितको समुहले आफ्नै घरमा बसेकी जेठी श्रीमती भिखौनिया देबीलाई अपहरण गर्न लागेका हुन् । अपहरण गरी लाने क्रममा स्थानीयबासिन्दाले साहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरीले साह सहित उनका बुवा अनुठा साह, चालक शेष जबर र जीप नियन्त्रणमा लिएको हो । दुई जना भने फरार रहेका छन् । १५ बर्ष अघि भिखौनिया देबी संग बिबाह गरेका साहले विवाहको दुई बर्ष पछि अर्को विवाह गरेका थिए । दोस्रो बिबाह गरे देखि नै जेठी श्रीमतीलाई साहले पटक पटक घर निकाला गर्न खोजेको स्थानियले बताएका छन् । दुई श्रीमतीसहित साह एकै घरमा बस्दै आएका थिए । पक्राउ परेका आरोपी साहको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
साभार : इमेज खबर