Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अमेरिका आउनेका लागि सन् २०१५ डिभी खुल्यो

$
0
0
अमेरिका आउनेहरुका लागि सन् २०१५ डिभी कार्यक्रमको लागि आवेदन खुलेको छ । सन् २०१३ अक्टोबर १ मध्यान्ह (इर्स्र्टन स्टाण्डर्स टाइम) देखि सन् २०१३ नोभेम्बर २ मध्यान्ह (इर्स्र्टन स्टाण्डर्स टाइम) सम्ममा आवेदन भरिसक्नुपर्ने जानकारी नेपालस्थित अमेरिकी दूताबासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दूताबासले समयमै आवेदन भर्न समेत विज्ञप्तिमा जनाइएको छ ।

डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै आवेदकसमक्ष जानकारी गराउन चाहन्छ । आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावास सुझाव गर्दछ । सहयोग चाहिएमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्दत लिनुहोला । जसको मद्दत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनको लागि तपाईं स्वयम् नै जिम्मेवार रहनुहुनेछ ।


डिभी-२०१५ डाइभर्सिटी भिसा चिट्ठाको लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेश गरिसक्नुपर्नेछ । आवेदकहरूले दर्ता अवधिभर डाइभर्सिटी भिसाको लागि इलेक्ट्रोनिक आवेदन फाराम (इ-डिभी) www.dvlottery.state.gov मा प्राप्त गर्न सक्नुहुनेछ । दर्ता गर्ने समयमा तपाईंले आफ्नो श्रीमान वा श्रीमती तथा २१ वर्ष मुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रुपमा उल्लेख गर्नुपर्दछ । उपरोक्त बमोजिमका पारिवारिक सदस्यका नाम उल्लेख नगरिएमा तपाईंको आवेदन रद्द हुनेछ । तपाईंले केवल एउटा आवेदन मात्र बुझाउन सक्नुहुनेछ । एउटाभन्दा बढी आवेदन बुझाउनुभएमा तपाईं डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।


दर्ता पूरा गरिसकेपछि आफ्नो कन्फर्मेशन नम्बर (confirmation number) प्रिन्ट गरी सुरक्षित राख्नुहोला । केवल यो नम्बर मार्फत् मात्र तपाईंले आफूलाई डिभी परे नपरेको थाहा पाउन सक्नुहुनेछ । आफ्नो कन्फर्मेशन नम्बर (confirmation number) कसैलाई नदिनुहोला । आवदेकहरूले आवेदन भर्ने क्रममा आफ्नो इमेल ठेगाना पनि भर्नुपर्ने हुन्छ । तर डिभी विजेताहरूलाई इमेल मार्फत् जानकारी गराइदैन । तपाईंलाई डिभी परे नपरेको थाहा पाउने एउटै उपाय भनेको सन् २०१४ मे १ का दिन वा पछाडि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर हाली हेर्ने हो । यदि तपाईं छनौट हुनुभएको रहेछ भने तपाईंले अब के-के गर्नुपर्छ भन्ने बारे उक्त वेबसाइटमा निर्देशनहरू दिइएको हुन्छ । त्यहाँ तपाईंले डिभी फारम भर्दा दिनुभएकोर् इमेल ठेगानामा अपोइन्टमेन्टसम्बन्धी जानकारी पठाइने बारे उल्लेख गरिएको पाउनुहुनेछ । हरेक डिभी आवेदकलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०१५ जुन ३० सम्म सुरक्षित राख्न आग्रह गरिन्छ ।   


कृपया याद गर्नुहोला तपाई डिभीका लागि छनौट हुँदैमा तपाईंले भिसा पाउनुहुन्छ भन्ने कुराको सुनिश्चित हुँदैन । जारी गर्न मिल्ने भिसा संख्या सीमित हुने भएको कारण सबै डिभी विजेताहरूलाई अन्तर्वार्ताका लागि बोलाइदैन । यदि तपाईंलाई अन्तर्वार्ताका लागि बोलाइएको खण्डमा कन्स्युलर अधिकृतले तपाईं अमेरिकी आप्रवासी कानून बमोजिम डिभीका लागि योग्य भए नभएको निर्धारण गर्नेछ ।

आवेदकले www.dvlottery.state.gov मा उल्लेख गरिए बमोजिमको शैक्षिक वा कार्य अनुभव लगायतका आवश्यकताहरू पूरा गरेको हुनुपर्दछ । शैक्षिक योग्यता अन्तर्गत कम्तीमा १२ वर्षको औपचारिक शिक्षा हासिल गरको हुनुपर्दछ (सामान्यतया एस.एल.सी±२) । तपाईंले पूरै १२ वर्षको शिक्षा कक्षा कोठामा उपस्थित भई हासिल गरेको हुनुपर्दछ । प्लस टु प्राइभेट परिक्षामार्फत दिएर पुग्दैन । त्यस्ता सीटीइभीटी लगायतका व्यावसायिक ड्रि्रीहरूलाई मात्र मान्यता दिइन्छ जसको आधारमा विद्यार्थीहरूले नेपालमा उच्च शिक्षाका जुनै पनि संस्थामा जुनै पनि शैक्षिक कार्यक्रममा पर्ढाई गर्न पाउछन् । सीमित शैक्षिक कार्यक्रममा पर्ढाई गर्न पाउने खालका व्यावसायिक डिग्रिहरु डिभी कार्यक्रमको उद्देश्यका लागि बाह्र वर्ष बराबरको औपचारिक शिक्षाको रुपमा गनिदैन ।    
 

डिभी कार्यक्रमसम्बन्धी थप जानकारीका लागि कृपया www.dvlottery.state.gov मा जानुहोस् वा काठमाडौंस्थित अमेरिकी दूतावासको वेबसाइट http://nepal.usembassy.gov मा जानुहोस् ।  साभार : नेपाली पोस्ट 
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>