Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कतारमा नेपालीलाई मृत्युदण्ड

$
0
0
दोहा (कतार), असार २ - नेपालीकै हत्या गरेको अभियोगमा एक नेपालीलाई कतारस्थित तल्लो अदालतले मृत्युदण्ड सुनाएको छ । फौजदारी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले मार्च ३१ मा पौवही गौढ-१, स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्ड तोकेको हो ।

सन् २०१२ अक्टोबर २० मा जलेश्वर-१३, महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको उनले हत्या गरेको अदालतको ठहर छ । 'मृत्युदण्डको फैसलाबारे हामीलाई जानकारी आएको छ,'नेपाली कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले भने, 'यसबारे हामीले परराष्ट्र मन्त्रालयलाई अवगत गराइसकेका छौं ।'

कार्कीले भने माथिल्लो अदालतमा पुनरावेदन गरिसकेका छन् । ढकालका अनुसार अभियुक्त र हत्या गरिएका व्यक्ति दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति भए मृत्युदण्ड कार्यान्वयनबाट जोगाउन सकिन्छ । 'मेलमिलापको पहल पनि सुरु गरिसकेका छौं,'उनले भने ।

कतारको कानुनमा पीडित परिवारले पीडक पक्षले दिएको 'ब्लडमनी'स्वीकारे अदालतले माफी दिन सक्छ । यहाँ ब्लडमनीबापत दुई लाख रियाल (५२ लाख रुपैयाँ) दिने नियम छ ।

कतारमा नेपालीले नेपालीलाई हत्या गरेको अभियोगमा अझै आधा दर्जन मुद्दाको छानबिन भइरहेको छ । तिनका अभियुक्त केन्द्रीय कारागारमा छन् ।

गत साता पनि सप्तरीका सुनीलकुमार मण्डलको शंकास्पद मृत्यु भएको थियो । त्यस घटनाको छानबिन गर्न प्रहरीले ५ नेपालीलाई पक्राउ गरेको छ । गत सातै धरानकी सुरेखा गुरुङ कतारको सुमद्री किनार (कर्नेस) मा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले अनुसन्धानका लागि उनीसँग चिनजान रहेका केटा साथीको खोजी गरिरहेको जनाएको छ ।
- कान्तिपुर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>