काठमाडौं, आषाढ ३ । विश्वकप फुटबल अन्तर्गत समुह ‘एच’ का खेलहरु आज राती हुने छन् । वेलुकी पौने १० वजे हुने खेलमा बेल्जियम र अल्जेरीया भिड्नेछन् । रेड डेभिल्सको उपनामले चिनिने बेल्जीयम १२ वर्षपछि विश्वकपमा फर्कीएको टोली हो । एडिन हाजार्ड, रोमेलु लुकाकु, भिन्सेन्ट कोम्पानी, केभिन मिरालास जस्ता स्टार खेलाडीहरु रहेको बेल्जीयमलाई यसपटक निकै बलियो मानिएको छ । उसको प्रतिद्धन्दी अल्जेरीया पनि विश्व फुटबलमा उदाँउदै गएको टोली हो । युरोपेली देशहरुबाट व्यवसायीक फुटबल खेल्ने खेलाडीहरुको बाहुल्यता रहेको अल्जेरीयालाई पनि यसपटकको सरप्राईज टोली मानिएको छ ।
विश्वकप अन्तर्गत समुह ‘ए’ को दोस्रो चरणको खेल आज सुरु हुँदैछ । राती पौने १ वजे हुने खेलमा आयोजक ब्राजिल र मेक्सिको भिड्नेछन् । पहिलो चरणमा ब्राजिलले क्रोएशीयालाई ३-१ ले हराएको थियोभने मेक्सिकोले क्यामरुनलाई १-० ले हराएको थियो ।
आजको खेलले समुहबाट दोस्र्रो चरण प्रवेशको समिकरण बनाउन सक्छ । आयोजक ब्राजिललाई यसपटकको मुख्य दावेदार मानिएको छ भने मेक्सिको केही कमजोर छ । तर विश्वकपमा यसअघिका प्रदर्शनहरुलाई आधार मान्ने हो भने मेक्सिको जुनसुकै टोलीलाई स्तब्ध पार्न सक्ने टोली हो ।
विश्वकप अन्तर्गत समुह ‘एच’ को अर्को खेलमा भोलि विहान पौने ४ वजे रुस र दक्षिण कोरिया भिड्नेछन् । यो खेललाई सन् २००२ को विश्वकपको रि म्याच पनि भनिएको छ । जतीवेला दक्षिण कोरिया विजयी भएको थियो । रुस जारी विश्वकपमा शत प्रतिशत आप्mनै देशका क्लवहरुमा खेल्ने खेलाडी सहित ब्राजिल पुगेको एकमात्र राष्ट्र हो । उता एशीयाली फुटबलको बलीयो राष्ट्र दक्षिण कोरीया २००२ को विश्वकपमा सेमीफाईनल सम्म पुगेको थियो । यसपटक उक्त सफलता पार गर्ने कोरीयाली टीमको लक्ष्य छ । दक्षिण कोरीयाले पछिल्ल ५ मध्ये ४ खेल हारेको छ भने एक खेल जितेको छ । उसको प्रतिद्धन्दी रुस भने ४ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा सकाएको छ । स्रोत : इमेज खबर