यस बर्षकै सर्वाधिक चर्चित तथा मिठो शब्दका धनी गीतकार गोबिन्द प्रसाद उपाध्यायको पहिलो अल्बम् सत्यताका सबै गीतहरु स्रोताहरुले अत्यन्त रुचाएका छन। छोटो समयमा निकै लोकप्रियता हासिल गरेको बारेमा वहा सङ जिज्ञासा राख्दा वहा भन्नु हुन्छ: "म गीतहरु दिलबाट लेख्छु, मैले शब्दमा वास्तबिकता खोज्दछु, जिवनका भोगाईहरुलाई म शब्दमा कोर्ने गर्दछु। मन छुने शब्द र बिल्कुलै नयापन म दिने प्रयाश गर्दछु। आज सबै नेपाली स्रोताहरुले मेरो पहिलो अल्बम् सत्यता लाई र सत्यताका गीत हरुलाई यतीधेरै मन् पराईदिनु भएर मलै अझै जिम्मेबार बनाइ दिनु भएको छ वाहा भन्नुहुन्छ।"
अहिले नेपालि साङितीक बजारलाई सरसर्ती हेर्दा अल्बम"सत्यता"नै यो बर्षको सबैभन्दा चलेको उत्क्रिश्ठ अल्बम भएको जानकारी प्राप्त भएको छ। नेपाल को पुर्बि भाग देखी पश्चिम सम्मसबै एफ एम तथा टि भी हरुमा सत्यताका नै गीत हरु स्रोताहरुको रोजाई मा छन। हरि लम्सालको "बिस्वाशमा छल गरी", अन्जु पन्तको"कथा जिन्दगिको"स्वरुपराज आचार्यको"नखाएको भए", मनोजराज को "तिमी बिना एकलै"र इन्दिरा जोशिको"पानी- पानी"सबै भन्दा बढी रोजाईमा परेका गीतहरु हुन।
गीतकार उपाध्यायको र सङितकार हरि लम्साल को जोडी रहेको गीत "बिस्वाशमा छल गरी"को विडोयो नेपाल-१ र टि टिभि मा एक नम्बरमा परेको छ।यस बर्षकै अन्जु पन्त को सर्वाधिक चर्चित कथा जिन्दगिको बोलको गीत को पनि विडिओ चाडैनै बजारमा आऊने कुरापनि उपाध्यायजि ले बताउनु भयो। यस गीत को शूटिङकार्य अर्को हफ्ता हुने पनि जानकारी गराउनु भयो।
आगामी बर्ष"सत्यता-२"पनी ल्याउने वाहाले जानकारी गराउनु भयो।
मगन्ते(अनिश श्रेस्ठ-हरिलम्साल), भिजेको तिम्रो तनैमा(रमेश् नेउपाने र अन्जु पन्त-हरि लम्साल), सक्दिनम(नारायन बाबु),सयपत्रि फूल( सरिता प्रजापति-बिक्रम थापा), हे स्वीटी (अभिमन्यु कुमार शाह),गोरो गोरो गालामा(सुमित्रा सिल्वाल-बिक्रम थापा)उपाध्यायका शब्दहरु हुन जुन निकटनै बजारमा आऊदै छन।
स्रोताहरुको माया, प्रेम, उत्प्रेरणालाई नै सङीतको ठुलो अवार्डको रुपमा लिएको पनि वाहाले जानकारी गराउनु भयो। वाहा भन्नुहुन्छ म स्रोताहरुलेदिने रिवार्ड को भोको छु, त्यहीनै मेरो साङितिक् अवार्ड हो। दर्शक स्रोतानै मेरो प्रेरणाको स्रोत अनी मार्गदर्शक भएको ले दर्शक स्रोतालाई वाहा भगवान मान्नुहुन्छ।