Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यी हुन् विश्वकी सबैभन्दा खर्चालु छोरी

$
0
0
निजी घोडा, आइप्याड, ब्राण्डेड लत्ताकपडा तथा ह्याण्डव्याग । हजूर, यहाँ कुनै ठूलो सेलिब्रेटीको कुरा गरिएको छैन एक १२ वर्षकी फुच्चीको कुरा हुँदैछ । उनका बुवाआमाले किनिदिएका सामान कुरा । बेलायतकी यी बालिका चेज मेकेन्नाले सानो उमेरमै दुनियाका तमाम महंगा सामान आफ्नो बनाउन पाइसकेकी छिन् ।

गूची, राल्फ तथा जूसी जस्ता महंगा ब्राण्डस् उनको रोजाइका ब्राण्ड हुन् । चेज मात्र होइन उनका भाइ बहिनीलाई समेत आफुलाई चाहिएकेा कुरा बाउआमालाई एक चोटी भने पुग्छ, बाउआमाले हातमै ल्याइदिन्छन् ।

बेक्सले मा आफ्ना बुवाआमा तथा भाइबहिनीसँग बस्दै आएकी चेजलाई कुनै साधारण पसलमा गएर सपिङ गर्न मन पर्दैन । अहिलेसम्म खुद्रा पसलबाट उनले कुनै सामान किनेकै छैनिन् ।

महंगो शौख तथा खर्चिलो लाइफस्टाइल बिताइरहेकी चेज तथा उनका दुइ भाइबहिनीको जिवनकथालाई बेलायतको एक टेलिभिजनले पर्दामा समेत उतार्दैछ । च्यानल फाइभले ती महंगी बच्ची र उनका भाइ बहिनीबारे एक वृत्तचित्र पनि बनाउँदैछ ।

चेजका महंगा सामानको सुरक्षा तथा उनको स्याहारमा मात्रै उनका बुवाआमाले वर्षमा लाखौँ रुपैयाँ खर्च गर्नुपरिरहेको छ ।

छोराछोरी बढि खर्चालु बन्न थालेपछि आमाबुवाको टाउको दुखाइ हुन्छ र पैसा पूराउनै गाह्रो हुन्छ । तर चेजकी आमा भने छोरीको खर्चालु स्वभावका कारण खुसी छिन् । आफु सानोमा जस्तो बन्न चाहन्थिन् अहिले छोरी उस्तै बनेपछि आमा केली खुसी छिन् । 

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>