Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

तेरियालाई मत माग्दै बाबुराम !! शनिबार रातिसम्म अनलाइन मतदान गर्न पाइने

$
0
0

काठमाडौं, ४ असार । भारतीय टेलिभिजन च्यानल जीटिभीबाट सञ्चालन भइरहेको रियालिटि सो डान्स इन्डीया डान्स सिजन ३ को फाइनलमा पुगेकी रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगरलाई जिताउन नेपालीहरु लागि परेकाछन् । डिआइडिको मञ्चमा छाउने उनी अहिले सम्मकै एक्ली नेपालीहुन । प्रतियोगितामा सबै भन्दा बढी मत प्राप्त गर्ने प्रतियोगीनै उत्कृष्ट हुनेछन्।

आगामी शनिबार रातीसम्म हुने भोटिङका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाओवादी नेता बाबुराम भट्टराईलेसमेत आफ्नो फेसबुकबाट तेरियाका लागि भोट मागेका छन् ।

अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी तेरियाले निर्णायक मन्डलका गीता कपुर र अह्मद खानका साथै भारतीय फिल्मका चर्चित अभिनेता तथा कार्यक्रमका ग्रान्ड मास्टर मिथुन चक्रवर्टिबाट पनि वाह वाही पाउँदै आएकी छन। अभिनेता मिथुन चक्रवर्तीले तेरियालाई नेपाली रानीको संज्ञाको दिएका छन् ।

बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्। भोटिङ आउँदो शनिबार राति ९स्१५ सम्म तेरियालाई इन्टरनेट वा फोनको प्रयोगबाट गर्न सकिन्छ। इन्टरनेटमार्फत् संसारभरिबाटै भोट गर्न सकिन्छ भने फोनबाट भारतीय टेलिफोनको प्रयोगले मात्र भोटिङ सम्भव हुन्छ।

इन्टरनेट भोटिङका लागि यहाँ क्लिक गर्नुहोस ।

source : (ओएनएस)

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>