
मृत्यु हुनेमा अग्लुङ–८ निपानेका भविलाल कुँवर, उनकी श्रीमती चेती कुँवर, जेठी बुहारी सीता कुँवर, जेठो छोरा तर्फका नाती चेतमान कुँवर, नातिनी बिन्दु कुँवर, हरिकला कुँवर र विपना कुँवर, घरबाट माइती आएकी भविलालकी जेठी छोरी जुठी विष्ट, कान्छो छोरा तर्फकी नातिनी भिमा कुँवर रहेका डीएसपी राजकुमार लम्सालले जानकारी दिए।
भविलालका जेठो छोरा भारतमा छन् भने कान्छो छोरा तेस्रो मुलुकमा छन्। कान्छो छोरा छुट्टिएर बसेकाले उनको परिवारको कम क्षति भएको हो। सदरमुकाम तम्घासबाट ४२ किलोमिटर पश्चिममा पर्ने अग्लुङ गुल्मीको अति विकट ठाउँ हो। घटनाको विस्तृत विवरणका लागि प्रहरी टोली घटनास्थलतर्फ लागेको छ।
सर म पनि सोही टोलीसँगै घटनास्थल जाँदै छु बाँकी सबै पछि अपडेट गर्छु। नेटवर्कले साथ दिएसम्म फोन सम्पर्कमा हुनेछु।
प्युठानमा पनि पाँचको मृत्यु
प्युठान- प्युठानको खुङ-८ मा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा दोङबहादुर गिरी, प्रेमबहादुर गिरीका दुई बालक आयुष र आयुषा गिरी, देवा भण्डारी र खुङ-७ का राजु कुँवर छन्। प्रेमबहादुरकी श्रीमती मोना गिरी भने गम्भिर घाइते छन्।
पहिरो जाने ठाउँ सदरमुकामबाट १४ कोस टाँढा पर्छ।
भिडियो हेर्नु होश