Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

तेरियालाई जिताउन ताते नेपाली

$
0
0

काठमाडौं, असार ७ – नेपालकी ११ वर्षीया तोरिया मगरलाई जिताउन अहिले नेपाल र भारतका भारतीय र नेपाली दुबैले धमाधम भोटीङ गरिरहेका छन् । भारतको जि टिभीबाट प्रशारीत हुँदै आएको चर्चित नृत्य प्रतियोगिताको फाइनलमा पुगेकी तोरियालाई जिताउन नेपालका शिर्ष नेताहरुले समेत आब्हान गर्न थालेका छन् ।
एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले समेत बुधबार मात्र फेसबुकमार्फत तेरियालाई भोट हाल्न आव्हान गरेका छन् । भट्टराईले मतदातको लिंकसमेत शेयर गर्दै भनेका छन्,
‘जि टिभीको नृत्य प्रतियोगिताको फाइनलमा पुगेकी ११ वर्षीया नेपाली बालिका तेरिया मगर आफ्नो बेजोड नृत्य प्रदर्शनका लागि सबैको मुटुको ढुकढुकी बनेकी छन् । उनको अद्भुत प्रतिभाको कदर स्वरुप सबैले उनको पक्षमा मतदान गर्ने हो की ?’
रुपन्देही रुद्रपुरकी बालिका तेरिया जिटिभीको ‘डान्स इण्डिया डान्स लिटर मास्टर–३’ मा करोडौं दर्शक र निर्णायक मण्डलको मन जितेर फाइनलमा पुगेकी हुन । प्रतियोगितामा सहभागी १४ वर्ष मुनिका तीन लाख बालबालिकामध्ये ४० हजार जना छनौटमा परेका थिए । तीमध्ये नेपालबाट तेरिया मात्र छनौटमा परेकी हुन् । भारतीय रियालीटी नृत्य शोमा फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली हुन् । भारतको मुम्बईमा तीन चरणसम्म र नयाँ दिल्लीमा भएका विभिन्न चरण पार गदै उनी फाइनलमा पुगेपछि नेपालीहरु प्रशान्त तामाङलाई इन्डीयन आइडल बनाउन जुर्मराए झैं तोरियालाई उपाधी दिलाउन जुर्मराएका छन् ।
को हुन् तेरिया ?
बुटवलस्थित बागेश्वरी संगीतालयमा बिगत पाँच वर्षदेखी नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरको पिस ल्याण्ड भूतपूर्व सैनिक विद्यालयमा कक्षा ६ पढ्छिन् । २०५९ साल साउनमा जन्मिएकी तेरिया सानैदेखि नाच्न रुचि राख्थिन् । उनकी आमा सोही विद्यालयमा क्यान्टिन चलाउँछिन् । बुबा रोजगारीका लागि विदेशमा छन् । तेरियालाई नृत्य सिकाउन र डान्स इण्डिया डान्समा सहभागी गराउन भने उनका हजुरबुबा कुष्ण मगरको विशेष भूमिका रह्यो । कृष्णले नै मुम्बईमा सम्पर्क गरी नातीनी नाचेको भिडीयो सिडी आयोजकनसम्म पु¥याएका रहेछन् । सिडि हेरेपछि आयोजकले तत्काल तेरियालाई मुम्बई डाकेका रहेछन् । उपाधि जितेमा तेरियाले ५० लाख भारु र कारलगायत विभिन्न गिफ्ट हयाम्पर पाउनेछिन् ।
‘तेरिया निकै प्रतिभाशाली बालिका हुन् । उनले डान्स इण्डियामा नेपालको शान राख्नेछिन् भन्ने मेरो विश्वास छ’, तेरियालाई नृत्य सिकाउने बागेश्वरी संगीतालयका प्रमुख सुरेश सेन्चुरीले टेलिफोनमा रातोपाटीसँग भने, ‘उनलाई त्यो स्थानसम्म पु¥याउन हजुरबुबा कृष्ण फौजा मगरको पनि विशेष योगदान छ । नातीनीलाई नृत्य सिकाउन उनले नै हामीकहाँ ल्याएका हुन् ।’
तेरिया नृत्यका मामलामा रुपन्देशीमा चर्चित थिइन् । २०६७ सालमा जापानी कम्पनीले लुम्बिनीमा आयोजना गरेको डान्सिङ अडिसनमा तेरिया पाँचौं नम्बरमा परेकी थिइन् । लुम्बिनीबाट पाँच जना सहभागी थिए, त्यसमध्येबाट तेरिया मात्र काठमाडौं जान पाइन । आखिर उनले प्रथम भएर एक लाख रुपैयाँ जितेकी थिईन् । अन्तिम पाँचमा छनौट भएपछि उनी नेपाल फर्कदा उनको भव्य स्वागत गरिएको थियो ।
भोटिङका लागि यो लिंकमा जानुहोस्

स्रोत : रातो पाती

http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/

तेरियाको फेसबुक पेज

Teria-facebook


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>