काठमाडौं- नेपाली बालिका तेरिया फौजा मगरले भारतीय टेलिभिजन जटिभीबाट प्रसारण हुँदै आएको 'डान्स इन्डिया डान्स (डीआइडी) लिटिल मास्टर-३'को उपाधि जितेकी छिन्। रुपन्देही रुद्रपुरकी ११ वर्षीया तेरियाले भारतको पुणेमा शनिबार आयोजित फाइनलमा अन्य तीन अन्तिम प्रतिस्पर्धीलाई उछिन्दै केबिथ्री कप र १० लाख भारुसहित अन्य थुप्रै पुरस्कार हात पारेकी छिन्। उनीसँगै कोलकत्ताका अनुस्का क्षेत्री, मुम्बईका हार्दिक रुपारे र बैंगलोरका सद्विन सेट्ठीलाई उछिनेकी हुन्।
प्रतियोगितामा भाग लिन आवेदन दिएका १४ वर्षमुनिका तीन लाख बालबालिकामध्ये ४० हजारमा उनी परेकी थिइन्। भारतीय टेलिभिजनबाट प्रसारित विभिन्न कार्यक्रममा नेपाली मूलका भारतीय सहभागी भएर प्रतियोगिता जित्न सफल भए पनि डिआइडी प्रतियोगितामा सहभागी भएर उत्कृष्ट दर्शक, निर्णायक मण्डल र ग्रायन्डमास्टर मिथुन चक्रवतीको मन जित्न सफल तेरियाले फाइनलको यात्रा तय गरेकी थिइन्।
'यो ट्रफी जित्दा मलाई साह्रै खुशी लागेको छ। यो डिआइडी लिटल मास्टर्सको स्टेजमा नाँच्न पाउँदा र यो सिजन-३ जित हात पार्दा सपना साकार भएको छ। मास्टरहरू र दर्शकले धेरै सहयोग गर्नुभयो,'तेरियाले भनिन्। अर्की प्रतिस्पर्धी अनुस्का क्षत्री नेपाली मूलकै भारतीय थिइन्। कार्यक्रममा तेरियाका बाबु, आमा र थुप्रै नेपाली प्रशंसकको नेपाली परम्परागत पोसाकमा उपस्थिति थियो। तेरियाले फाइनलमा १७ लाखभन्दा बढी जनताको भोट पाइकी थिइन्।
ग्रायन्डमास्टर तथा बलिउड कलाकार मिथुन चक्रवर्ती, बरुन धवन तथा निर्णायक गीता कपुर तथा अहमद खानले तेरियालाई केबिथ्री कप प्रदान गरेका थिए।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि विदेशमा छन्। शनिबारको फाइनलमा भने उनका बुबा सहभागी थिए।
उनलाई उक्त प्रतियोगितामा भाग लिने वातावरण मिलाउन उनका हजुरबुबा कृष्णले ठूलो मिहिनेत गरेका थिए। उनले मुम्बईमा प्रतियोगिता आयोजकसँग सम्पर्क गरी नातिनी नाचेको सिडी आयोजकलाई पठाएपछि आयोजकले तेरियालाई प्रतियोगितामा बोलाएका थिए।

- नागरिक