पोखरा, असार ८ - मोबाइलबाट केटीलाई अश्लील सन्देश पठाउनेलाई कारबाही गरिएपछि उत्पन्न तनावसँगै अन्ततः छात्रावासमा बस्ने चार सय छात्र निकालिएका छन् । घटनाले राजनीतिक रूप लिएर विद्यार्थीबीच झडप हुन थालेपछि पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसले उनीहरूलाई हटाएको हो । क्याम्पसले शुक्रबार राति सूचना जारी गरी छात्रावास खाली खाली गराएको हो ।
९० छात्रा भने छात्रावासमै छन् । चर्कंदो विवादबीच शुक्रबार नेविसंघ र अखिल क्रान्तिकारीबीच झडपसमेत भएको थियो । घटनापछि गठित छानबिन समितिले दिएको प्रतिवेदनअनुसार सन्देश पठाउने र तोडफोड गर्नेलाई कारबाही गर्दा क्याम्पस तनावग्रस्त हुन पुगेको क्याम्पस प्रमुख नारायणप्रसाद गौतमले बताए ।
विद्यार्थी प्रेमराज आचार्यले छात्रालाई अश्लील सन्देश पठाएका थिए । विवादपछि क्याम्पस प्रशासनले दुई छात्रलाई ४५ र अन्य दुईलाई ७५ दिन क्याम्पस प्रवेशमा निषेध गरेको थियो ।
कारबाही एकतर्फी र पूर्वाग्राही भएको भन्दै छात्रहरूको समूहले गत आइतबार क्याम्पस प्रमुख गौतमसहित ६ जनालाई ८ घन्टा थुन्नुका साथै क्याम्पस तोडफोडसमेत भएको थियो । क्याम्पस प्रशासनले तोडफोडमा संलग्न १२ विद्यार्थीलाई क्षतिपूर्ति भराउने गरी कारबाही समेत गरेको थियो ।
कारबाही फिर्ताको माग गर्दै नेविसंघ नेतृत्वमा प्रशासनमा तालाबन्दी भएपछि पठनपाठन ठप्प भएको छ । 'शैक्षिक वातावरण कायम राख्न खोज्दा राजनीतिक रूप लिएर तनावग्रस्त बन्यो,'गौतमले भने, 'थप झडप र भौतिक क्षति हुनबाट जोगाउन छात्रावास खाली गराउनुपरेको हो ।'सत्र दिनअघि पठाएको सन्देशले विवाद उत्पन्न भएको हो । घटनापछि सहायक क्याम्पस प्रमुख गोपालराज काफ्लेको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन भएको थियो ।
नेविसंघ नेता परशुराम बस्नेतले कारबाहीका परेका विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था आएकाले कारबाही फिर्ताको माग गरिएको बताए ।

- कान्तिपुर