
सेनयांग सहरकी शेन नामकी ती महिलाले आफ्नी छोरी चेंगचेंगलाई उनको खास आमा मरिसकेको भनेर ढाँटेकी हुन् । निकै धनी परिवारमा जन्मिएकी चेंगचेंग धनी बाउआमाको रवाफमा मात्तिएली भन्ने डरले उनले छोरीलाई यस्तो भनेकी रहेछिन् । आफ्नी आमा नभएको भन्ने थाहा पाएपछि अवश्य पनि छोरीले राम्रोसँग पढ्नेछ, आफुलाई जिम्मेवार तथा आत्मनिर्भर बनाउनेछ भन्ने आशाले उनले यस्तो गम्भीर झुट आत्मसात गरेकी हुन् ।
छोरी चार कक्षामा गएपछि उनले आफु खास आमा नभएको र आमाको मृत्यु भैसकेको कुरा छोरीलाई सुनाएकी थिइन् । सुरुमा चेंगले नपत्याएपछि अन्त्यमा दुख मान्दै आफ्नी खास आमा मरेको कुरामा विश्वास गरिन् । त्यसपछि उनको शैक्षिक अवस्था निकै सुध्रियो, उनले राम्रोसँग पढ्न थालिन् ।
उनले राम्रो अंक ल्याएर विश्वविद्यालयबाट स्नातक उतिर्ण गरिन् । यति बेलासम्म उनलाई आफ्नी आमाले ढाँटेको कुरा थाहा थिएन । तर जब उनले सांघाइमा एक सफ्टवेयर कम्पनीमा जागिर पाइन् तबमात्र उनलाई उनकी आमाले सत्य कुरा बताइन् । १३ वर्षम्म टुहुरो बनेर बसेकी उनले बल्ल आफ्नी आमा उनै रहेको कुरा पत्तो पाइन् ।