Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फेसबुक फ्यान पेज भेरिफाइड हुने लोक गायिकामा मुना पहिलो

$
0
0
शिरिष मगर

बिहिबार, १२ असार । पछिल्लो समय नेपाली सेलिब्रेटीहरुको लागी सामाजिक सञ्जाल फेशबुक आफ्ना फ्यानहरु समक्ष पुग्ने भरपर्दो माध्यम बनिरहेको छ ।तर चर्चित सेलिब्रेटीहरुको नाममा बन्ने गरेको फेक फ्यान पेजले भने उनीहरुको टाउको दुखाईको काम भईरहेको छ । जसले गर्दा सेलिब्रेटीहरु, आफ्नो बारेमा गलत प्रचारबाजी हुने हो कि भन्ने कार्यले डराइरहने अवस्था सिर्जना भईरहेको छ ।

तर चर्चित लोक दोहोरी गायिका मुना थापालाई भने यि यस्ता डरहरुबाट उन्मुक्ति मिलेको छ । आफ्ना कामहरु फ्यानहरु समक्ष पुर्‍याउन सजिलो र भरपर्दो माध्यमका रुपमा समाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै आएकी उनको फेसबुक फ्यान पेज भेरिफाइड भएको छ । केही दिन अघिमात्र भेरफिाइड भएको उनको यो फ्यान पेजमा चार लाख पचास हजार दुई सयभन्दा माथि लाइक रहेका छन् ।

नेपालमा फेसबुक लाइककै संख्या हेर्ने हो भने भेरिफाइड पेजहरु भन्दा बढी लाइक भएका पेजहरुपनि रहेका छन् । तर फेसबुकले लाइकको आधारमा भन्दापनि विश्वसनियताको आधारमा  आधिकारीक रुपमा प्रमाणित गर्ने गरेको पाइएको छ ।
भेरिफाइड फेसबुक पेज भएमा के फाइदाहरु हुन्छ ?

१. फेसबुक पेज भेरिफाइड भयो भने सम्वन्धित व्याक्ति वा संस्थालाई आफ्नो कुनै नयाँ काम तथा प्रोडक्ट जनता समक्ष वा फ्यानहरु समक्ष पुर्‍याउन सजिलो हुन्छ ।
जस्तै : गायिका मुना थापा मगरको नयाँ एल्बम बजारमा आएपछि त्यो एल्बमका गीत तथा भिडियो सियर गरेपछि लाइक गर्ने व्याक्तिहरुले देख्न पाउँछन् ।

२. फेसबुक पेज भेरिफाइड भएपछि आफ्ना फ्यानहरु एकमुस्ट हुन्छन् ।
जस्तै : गायिका मुना थापा मगरको नामबाट बनेका धेरै फ्यान पेजहरु छन् भने सो भेरिफाइड पेजको चिन्हले आधिकारीक जनाउछ । अन्य फेक फ्यान पेजहरु क्रमश हराउछन् ।

३. सेलिव्रेटिहरुले आफ्ना फ्यानहरुसंग सजिलोसंगै मिल्न पाउछन् । उता दर्शकहरुपनि आफुलाई मनपरेको कलाकारको बारेमा नजिकबाट जान्न पाउछन् । 

आदी ।

Viewing all articles
Browse latest Browse all 20351