Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बल्ल हनिमुन

$
0
0
कास्की, असार १३ - केहीअघि विवाह बन्धनमा बाँधिएका राजेश हमाल दम्पती बल्ल हनिमुन टि्रपमा निस्केका छन् । उनी र मधु बिहीबार फेवातालछेउ भेटिए । बिहे गरेको पर्सिपल्ट नै उनी कार्यक्रमको सिलसिलामा अस्टे्रलिया पुगेका थिए । २८ दिनको बसाइपछि काठमाडौं फर्किएका उनी लगत्तै मधुलाई लिएर बाहिरिएका हुन् । 'हनिमुनको लागी पहिल्यै पोखरा आउने योजना बनाएका थियौं,'राजेशले भने, 'सुन्दर र रमाइलो छ यो ठाउँ । मेरो कर्मथलो पनि हो यो ।'
तीन दिनअघि आएका उनी जीवनसंगिनीसँगै कहिले सराङकोट त कहिले फेवातालमा रमाए । 'विदेशभन्दा आफ्नै देशको लोभलाग्दो ठाउँ हनिमुनको लागि रोजियो,'उनी भन्दै थिए, 'विदेशी जोडी आउने यति सुन्दर ठाउँमा हामी चुक्ने त कुरै भएन नि ।'
दुवैले ताल किनारको पैदल मार्गमा हिँडेर आनन्द लिए । सेदी फाँटमा रोपाइँमा समेत सहभागी भए । राजेशले त्यहाँ केहीबेर हलो पनि जोते । मठमन्दिर गएर पूजाआजामा पनि सहभागी भए ।
मधुलाई तीन वर्षपछि बल्ल यहाँ आउने मौका मिलेको रहेछ । पहिले दिदी-भिनाजुसँग आएकी थिइन् । हँसिली उनले पोखरा बसाइलाई 'सुन्दर ठाउँको सुन्दर हनिमुन'बताइन् । 'राजधानीको होहल्लाबाट केही दिनको लागि भए पनि छुटकारा पाएका छौं,'उनले
भनिन् । राजेशलाई भने पोखरा पानीपँधेरो नै हो । उनी सुटिङ भएको बेला मात्र हैन, अरू बेला पनि यहाँ आउने गरेका छन् । 'यहाँ आउने एउटा निहुँ मात्रै भए पुग्छ, चाँजोपाँजो जुराएर अरू बेला पनि दौडिहाल्छु,'सपत्नी सेदीस्थित वाटर फन्ट रिसोर्टमा बसेका उनले भने, 'यहाँ जति आए पनि धित मर्दैन ।'पहिलोपटक १६ वर्षको उमेरमा यहाँ आएको सम्झिए उनले । नवलपरासी पुख्र्यौली घरमा आउँदा हजुरआमाले पैसा दिएपछि बुटवल, स्याङ्जा हुँदै लेकसाइड आएर पुरानो छाप्रो होटलमा बसेको याद छ उनलाई । सिनेमाका लागि पहिलो पटक 'देउकी'सुटिङका लागि आएका थिए । - कान्तिपुर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>