Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ह्याट्रिक अवार्डेड सत्यताको नयां म्युजिक भिडियो सार्वजनिक

$
0
0
पटक पटक अवार्डमा ह्याट्रिक गर्न सफल रचनाकार गोविन्द प्रसाद उपाध्यायको सत्यता एल्बममा समावेश भएको तिमी बिना एक्लै एक्लै बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
मनोज राजको स्वरमा तयार भएको यो गीतको भिडियोमा अशिष्मा नकर्मी, निरज बम र सुदिप सापकोटाको प्रमुख भुमिका रहेको छ । सिनेमेट्रोग्राफर ज्ञानेन्द्र शर्माको क्यामरा रहेको भिडियोलाई संचारकर्मी विधान कार्कीले विल्कुलै नयां ढंगबाट निर्देशन गरेका छन् ।
‘एउटा भिडियो राम्रो बन्नका लागि लोकेसन, क्रियसन, सिनेमेट्रोग्राफी, कलाकारको एक्टिङ सबै हुनु पर्छ ।त्यसैले यो भिडियोमा मैले कुनै कुरामा कम्प्रोमाइज गरेको छैन ।’- निर्देशक कार्की भन्छन् ।
निर्देशक कार्कीको यस अघिको भिडियो छौ कहां तिमीमा पनि सिनेमेटोग्राफर ज्ञानेन्द्र शर्मा रहेका थिए । यो गीतमा विशान मानन्धरको संगीत रहेको छ । शर्मा र निर्देशक कार्कीको जोडी पछिल्लो समय दह्रो रुपमा जम्ने देखिएको छ ।
भिडियो

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>