.jpg)
काठमाडौं, बेलायतको ‘डेली मेल’ पत्रिकाले समेत यूट्युब मेकप गुरू मानेकी नेपाली चेलि प्रमिस तामाङ अहिले चर्चामा रहेकी छन । २२ बर्षीय प्रमिस करिब डेढ दशक अघि मात्र गोरखाबाट अमेरिका पुगेकी हुन । उनी अहिले युट्युब मेक–अप गुरुको नामले निकै चर्चित सेलिब्रेटी बनेकी छन । उनी यति चर्चित हुनुको कारण उनको मेकअप कला हो । अहिले उनको मेकअपको जादू युट्युबको च्यानल dope 2111 मा भएका भिडियोहरूबाट प्रस्ट हुन्छ । अहिलेसम्म उनका १३५ वटा भिडियोहरू उक्त च्यानलमा रहेका छन । उनी यति छिटै पपुलर हुन पुगिन कि उनी आफैलाइ समेत अचम्म लाग्ने बताउँछिन । अहिले उनको मेकअप सिकाउने कला सम्बन्धि भिडियो २९ करोड मानिसहरूले हेरिसकेका छन । साथै २४ लाखभन्दा बढी त सब्स्क्राइबर समेत बनेका छन्।उनी सामाजिक सञ्जाल फेसबुकमा पनि निकै चर्चित छिन । उनको पेजमा लाइक गर्नेको संख्या ४ लाख ५४ हजार भन्दा बढि पुगेको छ। उनका यूट्युबका भिडिओहरू हेरेर संसारभरका युवतीहरू अझै सुन्दरी बन्ने गर्दछन भने उनी चाहीँ कहिले मोनालिसा, कहिले माइकल ज्याक्सन त कहिले एन्जेलिना जोलीको अवतारमा देखिने गर्दछिन ।उनको कलाको चामत्कारितामा अमेरिका, बेलायत, भारत, जर्मनी, फ्रान्स मात्र नभै संसारका धेरैजसो मुलुकहरूमा उनका प्रसंसकहरू रहेका छन । सन २००९ देखि यूट्युबमा सकृय रहेकी पोमिस विश्वप्रसिद्ध कलाकारहरूका शैलीहरू पछ्याउँदै आफैं मेकअप गर्छिन् र युट्युब मार्फत अरुलाई समेत सिकाउँछिन्। उनलाई ‘रुप बदल्न सक्ने केटी’ भनेर समेत चिन्ने गरिन्छ । कुनै त्यस्तो बिशेष प्रशिक्षण नलिएको बताउने पोमिस अंग्रेजी फिल्म अवतार हेरेपछि पहिलो पटक त्यसको एक पात्र नभिसको मेकअप गरेर युट्युबमा राखेपछि आफ्नो नयाँ अवतार शुरु भएको बताउँछिन । त्यसपछि एन्जेलिना जोली बनेको भिडियो राखेर उनी एकाएक चर्चामा आएकी थिइन । जुन भिडियो यूट्युबमा १ करोड भन्दा बढीले हेरेको उनी बताउँछिन । उनको यहि चर्चापछि फेसबुकमा फ्रेण्ड बनेका भियतनामी मूलका अमेरिकी स्टिभ फानसंग उनले बिबाह गरिन । यी नेपाली चेलीको प्रसिद्धिबाट हामीले पनि धेरै कुरा सिक्न सक्दछौं । - source : medianp