१५ असार, काठमाडौं । चिलीलाई टाइब्रेकरमा पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित र थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
तर, ब्राजिलका हल्कको प्रहार चिलीका गोलरक्षकले रोके पछि टाइब्रेकर पनि रोमान्चक बन्यो । चिलीका मार्सेलो डिएज र ब्रानिलका नेयमारले गोल गरेपछि निर्णायक टाइब्रेकरमा चिलीका गोन्जालो जारा आए । तर, उनी गोल गर्न चुकेपछि ब्राजिल यो विश्वकपमा क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ भने चिली प्रि-क्वाटरफाइनलबाटै घर फर्किएको छ ।
यसअघि खेलमा ब्राजिलले १८ औं मिनेटमा डेभिड लुइजको गोलबाट अग्रता लिएको थियो । उनले कर्नर बलमा निकै क्लोज रेन्जबाट गोल गरेका हुन् ।
तर, ३२ औं मिनेटमा एलेक्स सान्चेजले चिलीका लागि बराबरी गोल फर्काए । सुरुमा चिलीले घरेलु टोलीलाई निकै दबावमा राखेको थियो । तर, विस्तारै खेलमा फर्किएको ब्राजिलले चिलीको पोष्ट राम्रा आक्रमण गरेपनि गोल गर्न सकेन । दोस्रो हाफमा ब्राजिलका हल्कले गरेको गोललाई रेफ्रीमा मान्यता दिएनन् ।