![]()
खगेन्द्र कार्की
कतार । कतार । ‘मेघा कन्सर्ट’को सफलता पछि चार लाख बढी नेपालीहरुको कर्म थलो बनेको कतारमा नेपाली भाषा र संस्कृतिको विकास र प्रवद्र्धनसहित अब नियमित रुपमा चलचित्र प्रर्दशन गर्ने तयारीका लागि तेरिया आउने भएकी छन् ।
२९ जुन बेलुका सास क्रिएसनले हिमालय रेष्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा सास क्रिएसन कतारको आयोजना तथा अन्तर्राष्ट्रिय कलाकार मञ्चको प्रस्तुतिमा इस्लामिक धर्मावलम्बीहरुको महान पर्व इदको दोस्रो दिन हुन लागेको ‘मेघा कन्सर्ट’ले कतारमा नेपाली चलचित्रको बजार तय गर्ने भएकोले यो बृहत सांस्कृतिक कार्यक्रम कन्सर्टलाई व्यवस्थित र मर्यादित बनाएर लैजानु पर्ने ठूलो जिम्मेवारी रहेको बताइएको छ ।
नेपाली भाषा र संस्कृतिको विकास र प्रवर्दनका निम्ति नियमित नेपाली चलचित्र कतारमा प्रदर्शन गर्ने पूर्वाधार ‘मेघा कन्सर्ट’मा आउने दर्शकको माहोलले तय गर्ने जानकारी गराउँदै बृहत सांगीतिक माहौलका साथ वेष्ट इन्ड पार्क सनैयामा आयोजना हुने सो कार्यक्रमको मुख्य लक्ष्य र उद्देश्य भनेको नेपाली भाषा र संस्कृतिको विकास र प्रवद्र्धन गर्दै नेपाली चलचित्रको बजार बिस्तार गर्ने रहेको छ ।
सो कन्सर्टलाई सफल बनाउन चर्चित गायक सुगम पोखरेल शिव परियारदेखि नायक आर्यन दिग्देल र सविन श्रेष्ठसमेत आउने भएका छन् । यसैगरी चर्चित लोक गायिका सुनिता दुलाल, रिदमकी नायिका निष्मा घिमिरे, भोजपुर–बंगाली गायिका शालोमी, चर्चित लोक गायक पशुपति शर्मा, हास्यकलाकार निर्मली (मेरी बास्सै), हर्के हवल्दार, नायिका सोभिता सिंखडा, नायक विष्णु कार्कीलगायतका कलाकारहरुले सो कन्सर्टका दर्शकलाई तताउँदै नेपाली भाषा र संस्कृतिको विकास, उत्थान, गजेर्ना र प्रवद्र्धनका निम्ति कतारमा अबदेखि नियमित प्रदर्शन हुने चलचित्रहरु हेरिदिन आग्रह समेत गर्ने भएका छन् । सो कन्सर्ट पछि कतारमा प्रदर्शनमा ल्याइने नेपाली फिल्म नेपाली संस्कार र संस्कृति बमोजिम नेपाली समाजले पचाउन सक्ने र पारिवािरक माहौलमा हेर्न मिल्ने नेपालीपन बोकेका चलचित्र मात्र प्रदर्शनमा ल्याइने भएको छ ।
ग्राण्ड मलको नजिकै रहेको इष्ट इन्ड पार्कमा हुने सो कार्यक्रममा कतारमा स्थापित एक मात्र नेपाली इन्टरटेनमेन्ट कम्पनी एनएस इन्टरटेनमेन्टले मिडिया पार्टनरको भुमिका खेल्ने भएको छ । नेपाली चलचित्रलाई देश विदेशसम्म पु¥याएर चलचित्र उद्योगको बजारलाई फराकिलो बनाउने उद्देश्य र लक्ष्यका साथ कन्सर्ट गर्न लागिएको बताइएको छ । ‘मेघा कन्सर्ट’ नाफामुखी कार्यक्रम नभएको तर कन्सर्टमा आएका दर्शकलाई कतारमा प्रदर्शन गरिने नेपाली चलचित्रको विषयमा जानकारी गराई नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्दै नेपाली चलचित्र उद्योगलाई साथ र सहयोग प्रदान गर्न आब्ह्वान गर्ने मात्र स्वार्थ रहेको बताइएको छ । जुन स्वार्थका कारण कतारमा नेपाली चलचित्रले नियमित स्थान पाउनेमा समेत आयोजक र सम्बद्ध पक्ष आशावादी रहेको छ । घाटा, नाफा वा फ्लप जे भएपनि नेपाली चलचित्रको भविष्यको लागि संस्था लागि परेको र लागि रहने कार्यक्रम संयोजक कल्याण घिमिरे बताउँछन् । कतारमा ठूलो लगानीमा गरिन लागेका यस्ता बृहत सांस्कृतिक कार्यक्रमहरु एक्लैले सम्भव नहुने भएकाले विभिन्न व्यक्तिहरुलाई विभिन्न विभागीय जिम्मेवारी समेत दिएर सामूहिक रुपमा गरिन लागेकाले र सबैभन्दा धेरै मिडियाको भुमिका रहने भएकाले सदैव सकारात्मक ढंगले सहयोग, साथ र समर्थन गर्न र त्यस अनुसारको साथ र सहयोग जुटाइदिन समेत अनुरोध संयोजक घिमिरेको थियो ।
पत्रकार सम्मेलनमा विदेशमा नेपाली चलचित्रको बजार खोज्दै गर्दा कतारलाई लक्षित गरेर यस अगाडि पनि धेरै सांस्कृतिक कार्यक्रम, कन्सर्ट वा चलचित्र प्रदर्शन भएका तर व्यवस्थित बजार व्यवस्थापनको अभावले कुनै न कुनै रुपबाट विवादित बन्ने गरेकाले इद्को दोस्रो हुने लागेको मेघा कन्सर्टको विशेषता भनेको नेपाली दर्शकलाई व्यवस्थित रुपबाट कार्यक्रम प्रदर्शन गराउदै मनोरञ्जन प्रदान गर्नु र नेपाली चलचित्रलाई कतारमा स्थापित गराउन सहयोग माग्नु मात्र रहेको छ । पत्रकार सम्मेलनमा बताइए अनुसार १५ हजार क्षमता बोकेको सो सुविधासम्पन्न हलकै जिम्मेवारीमा बारकोडसहितको टिकट छापाई तथा विक्रीवितरणमा समेत हलमै अफिसमा नेपालबाट कर्मचारीसमेत ल्याएन सञ्चालन गरेर गरिने र हलका ३० जना बढी ग्रुप फोरका सेक्युरिटी र हललाई कतार सरकारले उपलब्ध गराएको प्रहरीको १२–१५ जनाको सुक्युरिटी फोर्स सहितको सुरक्षाले उक्त हलमा नेपाली चलचित्र हेर्न जाने दर्शकहरु पूर्णरुपमा सुरक्षित रहने आयोजकको विश्वास रहेको छ । विगतका कार्यक्रमको निश्चित समय तोकिएको कार्यक्रम नभएर २, ४ घण्टा बढी समय लिएर गर्न मिल्ने भएको कारणले समेत कलाकारहरु बढी भन्दा बढी ल्याएर मनोरञ्जन दिने लक्ष्य राखिएको छ । विगतमा गरिएका सांस्कृतिक कार्यक्रमहरुमा सुरक्षा व्यवस्था फितलो भएका कारणले पनि धेरै कार्यक्रमहरु विवादित मात्र भएनन् लाखौं घाटा समेत व्यहोर्न बाध्य भएको अवस्थालाई ध्यानमा राखेर व्यवस्थित, मर्यादित र दर्शकमयी कार्यक्रम गर्न लागिएको बताइएको छ ।
टिकट दर २०, ३५, ५० र भिआईपी टिकट १०० राखिएको सो कार्यक्रमका विशेष सहयोगीमा भानु शर्मा अर्पणविक्रम खड्का, भुमिराज दाहाल, विक्रान्ति कार्की र होम कार्की रहेका छन् भने मिडिया पार्टनरमा गल्फ साप्ताहिक कान्तिपुर र प्रवास साप्ताहिक राजधानी रहेका छन् । यसैगरी एनएस इन्टरटेनमेन्ट मिडिया कोर्डिनेटर रहेको सो कार्यक्रमका अनलाईन मिडिया पार्टनरमा डिसी नेपाल डटकम, नेपालजापान डटकमलगायतका रहेका छन् । इदको दोस्रो दिन हुने सो कार्यक्रममा ४ बजे ढोका खुल्ने र ५ बजेबाट कार्यक्रम सञ्चालन हुनेछ । यसैगरी सो कार्यक्रममका सहयोगी संस्थाहरुमा नेपाली कला केन्द्र, संघर्ष ब्याण्ड, प्रवासी नेपाली सांस्कृतिक परिवार, सन्ध्या ग्रुप सांस्कृतिक विभाग, मितेरी फिल्मस्, आरम्भ नाट्य डबली, प्रवासी युवा एस सांस्कृतिक विभाग, द रेन्त ब्याण्ड रहेका छन् । यस कार्यक्रमको व्यवस्थापकमा भविन्द्र तामाङ, मेघा प्रधान, प्रकाश थपलिया, आशिका श्रेष्ठ, फुजन बस्नेत, निराजन भण्डारी र विकास श्रेष्ठ रहेका छन् । कतारबाट प्रकाशित हुने प्रिन्ट मिडिया र अनलाइन मिडियाका पत्रकारहरुको ठूलो जमघट भएको सो पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कल्याण श्रेष्ठको कम्पनी सास क्रिएसनले हलसँग समेत व्यवसायिक साझेदारी गरेको र मिडिया कोर्डिनेट पाएको कमपनी एनएस इन्टरटेनमेन्ट कमपनीले विशुद्ध सांस्कृतिक इन्टरनटेनमेन्टका लागि कतारमा स्थापित पहिलो कम्पनी भएकाले जे जसरी दर्शकको मन जित्न सकिन्छ त्यो अनुरुप अगाडि बढ्ने प्रण रहेको बताइएको छ ।