काठमाडौं । विश्वकप फुटबलको क्वाटर फाइनलमा बेल्जियमविरुद्ध राम्रो प्रदर्शन गर्ने अमेरिकाका कप्तान क्लिन्ट डेम्सी र गोलकिपर टिम होवार्डलाई टेलिफोन गर्नुभएको छ । उत्कृष्ट प्रदर्शन गरेपनि अमेरिक बेल्जियमसित अतिरिक्त समयमा २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
ओबामले फोनमा खेलाडीलाई भन्नुभयो –क्लिन्ट र टिम तिमीहरुले हामीलाई गौरवान्वित बनायौं, तिमीहरुले धेरै राम्रो गर्यौं । ओबामाले पहिला अमेरिकामा फुटबल राम्रो होला भन्ने आफूलाई नलागेको तर अहिले फुटबल पहिलो नम्बरमा पाएको बताउनुभयो । खेलाडीले सारा अमेरिकी नागरिकको मन जितेको ओबामाको भनाई छ । बेल्जियमका १५ वटा प्रहारलाई गोल हुनबाट बचाउने होवार्डसँग ठट्टा गर्दै ओबामाले अमेरिका फर्कदा समर्थककाबाट बच्न दाह्री काटेर आफ्नो हुलिया फेर्न सुझाव दिनुभयो ।
समर्थकले घेरेर होवार्डलाई दुःख दिन सक्ने ओबामाको भनाई छ । होवार्टले दाह्री पाल्दै आएका छन् । ओबामाले बेल्जियम र अमेरिकाबीचको खेल आफ्नो कार्यालयका कर्मचारीसँग बसेर हेर्नुभएको थियो । ओबामाले अरु खेलाडी र प्रशिक्षकको पनि तारिफ गर्नुभएको छ ।
उहाँले अमेरिका फर्केपछि खेलाडीलाई ह्वाइट हाउसमा भेट्ने प्रतिवद्धता जनाउँदै शुभ यात्रा भन्नुभएको छ । ओबामाले खेलाडीसँग फोनमा कुरा गरेको भिडियो ह्वाइट हाउसले युट्युवमार्फत सार्वजनिक गरेको छ ।
ओबामाको कुराकानी भिडियोमा हेर्नुहोस :