भोकाएको बाघबाट तपाईं कहिल्यै दया माया र करुणाको आश गर्नुहुन्छ ? पक्कै पनि यो असम्भव कुरा हो ।
अफ्रिकी मुलुक बोत्स्वानाको जंगलमा हालै एक बाघले बाँदरको बच्चाप्रति अनौठो प्रेम देखाउँदै स्याहार गरेको छ । यो अविश्वसनीय घटनाको तस्वीर फोटोग्राफर एवल सेचिलर र जिला होल्जवर्थले कैद गरेका छन् ।
घटना बोत्सवानाको उत्तरी क्षेत्र सेलिन्डाको जंगलको हो । बाघको घेराइमा परेका ३÷४ वटा बाँदर कराउँदै भागिरहेका थिए । ज्यान बचाउन कोही अग्ला–अग्ला रुपमा चढे । तर, एउटा बाँदर बाघको अगाडि प¥यो । उसको काखमा बच्चा पनि थियो ।
भोकाएको बाघले के छोड्थ्यो ? उसले माउ बाँदरको प्राण लियो । आमाको मृत्युपछि बच्चा डराउँदै केही पर भाग्न खोज्यो तर, जर्गिएको बाघले उसको सातो लियो ।
बाघ नजिकै आएपछि रुख चढ्ने प्रयासमा रहेको बच्चो उसैतिर फर्कियो र झम्टिउँला झैँ ग¥यो । झम्टिन गएको सिंह भने एकाएक मायालु बन्यो र उनलाई स्याहार्न पो लाग्यो ।
‘बाँदरको बच्चा बाघको तलमाथि उफ्रिरहेको थियो’ होल्जवर्थले भने–उसले भने विस्तारै बच्चालाई मुखले समातरे अगाडि राख्यो । बाँदरले उसको छातिमा दुध चुसे जस्तो गरिरहेको थियो ।’
नजिकै आइपुगेको सिंहले भने बाँदरको बच्चालाई छाड्ने अवस्था देखिएनन् । उसले झम्टिएर जाँदा जे देखियो, त्यो झन अविश्वसनीय थियो । बाँदरको बच्चा बचाउन बाघले सिंहसँग लडाई गरिरहेको थियो ।
अन्तिममा बाघले बाँदरको बाऊलाई बच्चो उद्दार गर्ने मौका दियो । रुसमा बसेको भाले बाँदरले उसलाई मुखमा च्यापेर सुरक्षित तरिकाले लग्यो ।
यी सवै दृष्य क्यामेरामा कैद गरेकी फोटोग्राफरले भन्छिन– यो घटना मेरो जीवनका लागि सवैभन्दा प्रेरणादायक रह्यो ।






