Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नग्नतामा ढल्कदै हाम्रा लोकभाकाहरु (भिडियो)

$
0
0
गाउँघरको कथा,मायाँ पिरतीको गुनगुन आदी इत्यादी सामाजिक बिषयबस्तुलाई अंगालेर सृजना गरिने लोकभाकाले पछिल्लो समय आफ्नो लय छोड्दै गएको छ | पहिले पहिले जस्तो सालैजो भाका,गाउँघरमा गाइने रोदी अहिलेको समयमा लोप भैसकेका छन् | अहिलेका सर्जकहरुले सृजना गरेका लोकभाकाहरु पनि सन्देशमुलकनै हुन्छन् तर त्यही गीतलाई भिडियोमा उतार्ने केहि निर्देशक भने फिल्मी पारामा भिडियो बनाउदै छन् |
पछिल्लो लोकदोहोरी भनिने काठे गीतहरूमा विकृति भित्रँदै गएको छ | फिल्मका गीतमा जस्तो फाइटसाइट हाल्ने, आत्महत्या र हत्याका दृष्य हाल्ने म्युजिक भिडियोका निर्दशक शून्य सिर्जनशीलता भएका निर्देशक हुन । जसले भिडियोमा कल्पनाशीलता थप्छन उहिँनै समजदार निर्देशकको छबि बनाउन सफल छन्।
तर अधिकांश गाउँघरका बासिन्दाको मनमुटुमा बस्न सफल लोकभाकाले नकारात्मक दिशा अंगाल्दा सारा लोकसंस्कृतिनै बदनाम हुने अवस्थामा पुगेको छ | हालै चर्चित लोक गायिका बिष्णु माझी स्वरबद्ध गीत ‘ बर्खा लाग्यो’ को म्युजिक भिडियोमा अभिनय गरेकी मोडलले भित्री वस्त्रनै नलगाएको देखिएको छ | समाजमा नयाँ र सकारात्मक सन्देश प्रवाह गर्ने संगीतका यस्ता म्युजिक भिडियोले के सन्देश देला ? प्रश्न गम्भीर छ |
स्रोत : नेपाल जापान
भिडियो हेर्नुहोस् :-

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>