२१ असार, सिरहा : धेरै पैशा कमाएर जीवन सुखमय बनाउने मिठो सपना बोकेर रोजगारीको लागि कतार पुगेका सिरहा कर्जन्हा-७ का ३२ वर्षिय निरुल सेखको घरको छतबाट खसेर शुक्रबार अपरान्ह ज्यान गएको छ।
सेखको मृत्युको खबरले परिवार शोकमा डुबेको छ। काम गर्ने सिलसिलामा चारदिन अघि (जुन २९) घरको छतबाट खसेर गम्भीर घाइते भएका सेखको उपचारकै क्रममा दोहाको कत्तारस्थित अहमद अस्पतालमा मृत्यु भएको उनका मामा साकिर सेखले जानकारी दिए।
सेख अलजमात इन्टरनेशनल कन्ट्रक्सन, कतारमा रोजगारीकोलागि १४ महिलना अघि गएका थिए। सेखको घरमा एक श्रीमती र दुई वर्ष र ९ महिनाको दुईछोराहरु रहेको मामा सेखले बताए। घटनाको खवरपछि शोकमा डुवेको सेख परीमारमा मृत्युको खवरपछि रुवासी चलेको छ। मामा सेकले सरकारसँग आफ्नो भान्जाको शव छिटो नेपाल ल्याउने व्यवस्था मिलाइदिन समेत अनुरोध गरेको छ।

-अन्नपूर्ण पोष्ट