Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

करोडौको खर्चमा भोलि हुदैछ श्रीकृष्ण र स्वेताको विवाह

$
0
0
चलचित्र कहाँ भेटिएला पछि एक अर्कालाई व्यापार व्यबसाय देखी चलचित्र सम्म सगँ सगै सहयात्रा गरेका उनीहरुले अब भने विवाह बन्धनमा बाधिने भएका छन् । उनीहरुको विवाह भोली अर्थात असार २३ गते सोमबार हुने भएको छ । नेपाली रजतपटमा धेरै चलचित्रमा अभिनय गरिसकेका श्रीकृष्ण श्रेष्ठ चलचित्रक्षेत्रका एक प्रखर अभिनेताका रुपमा चिनिन्छन् । चलचित्र कहाँ भेटिएलाले पछि आमदर्शककले श्रीकृष्ण र स्वेताको जोडिलाई निकै रुचाएका थिए ।
नायिका स्वेता चलचित्रमा मात्र सगंलग्न छैनन उनी एक सफल विजनेस युवती समेत हुन् । उनले नेपालका निकै चर्चित कम्पनी सम्हाल्दै आइरहेकी छिन् । विवाह भएको सोहि रात नै विवाहको भब्य रिसेप्सनिष्ट पार्टी आयोजना गरिएको बताइएका छ । रिसेप्सनिष्ट पार्टीमा मात्र करोडौ खर्च हुने अनुमान लगाइएको छ । २७ बर्षिय नायिका स्वेता र ४५ बर्ष नागेका नायक श्रीकृष्ण श्रेष्ठको पछिल्लो चलचित्र कोहिनूर साउन २३ गते देशभर प्रदर्शनमा आउने जमघट कसेको छ । श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कोहिनूरमा नायिका स्वेता खड्का मुख्य पात्रको रुपमा देखिने छिन् । पछिल्लो समय चलचित्रको प्रमोशनका लागी पनि उनीहरुले विवाहको कुरा बाहिर ल्याएका भन्ने हल्ला भने नचलेको होइन तर उनीहरु अब भने विवाहनै गर्ने भएका छन् । भोली विहान ११ बजे तिर उनीहरुको विवाह सुरु हुने बताइएको छ । तर बाहिर यति बेला अर्को नयाँ हल्ला पनि बाहिरिएको छ त्यो हो नायक श्रीकृष्ण श्रेष्ठ उपचारका लागी भारत छन् भन्ने । श्रीकृष्ण भारतमा उपचार गरिरहेका कारण उनीहरु विवाह भोली हुन नसक्ने पनि धेरैले बताएका छन् । तर आखिर के कुरा हो त्यो भने कसैलाई पत्तो समेत छैन् ।
तर मनोरञ्जनसंसार डट कम सगँ विषेश कुराकानी गर्दै नायक श्रीकृष्ण श्रेष्ठले ‘आफु उपचारका लागी काहि नगएको र आफुलाई अहिले केहि पनि नभएको बताएका छन् ।’ उनले भनेका छन् ‘बाहिरको हल्लाले हामीलाई केहि फरक पार्दैन हाम्रो विवाह भोली नै हुन्छ त्यसका कुनै शंका नगरेकै बेश ।’ उनले कुराकानीमा यसो भने पछि अब भने उनीहरुको विवाह भोली नै हुने पक्का भएको छ । source : rastriyakhabar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>