
पाँच महिना अघिदेखि फोनमा कुरा हुँदै बिहे गर्ने निचोडमा पुगेर डोटीबाट बैतडी आएकी उनले केटालाई देखेर कालो र मन नपरेको बताएपछि प्रहरीले घर फर्काएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–२ का गणेश महरसँग फोनबाट बिहे गर्ने सम्झौता गर्दै घरबाट भागेर आएकी ती युवती केटालाई त्याग्दै प्रहरीको शरणमा पुगेकी थिइन् ।
प्रहरीले उनको घरमा खबर गरेर आफन्तलाई बैतडी आउन अनुरोध गरेको गोठालापानी प्रहरी चौकीका प्रमुख धनसिंह कार्कीले जानकारी दिए ।
उनीसँग बिहे गर्ने सुरमा दुई घण्टाको बाटो हिँडेर सदरमुकाम गोठालापानी पुगेका महर पनि युवतीको अस्वीकारपछि रित्तो हात घर फर्किएका छन्।
फोनबाट विकृति पनि फैलिँदै गरेको एक उदाहरण यो घटना भएको प्रहरीले बताएको छ । - रासस