असार २२, बाग्लुङ।
टीका राना
सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठनको नियमअनुसार नेपालमा पनि सरकार ले हस्तलिखित पासपोर्ट हरु लाई बिस्थापित गर्दै नागरिकहरु लाई एम आर पि पासपोर्ट लिन उर्दी जारी गरे पश्चात एम आर पि लिने को घुइचो लागेको छ।आफ्नो पासपोर्टमा म्याद हुँदा हुँदै पनि अर्को राहदानी बनाउनु पर्ने, नयाँ बनाउदा फेरी पुरै शुल्क तिर्नु पर्ने जस्ता हैरानी त जनताले सामान्य रुपमा लिइ सके त्यसका साथ् साथै राहदानी बिभागका कर्मचारीहरु को लापरवाहीका करण अनेक सास्ती झेल्नु परेको छ। कहिले एउटाको नाम अर्का को बाबुको नाम, कहिले नाम थार मा स्पेलिङ बिगारनु, राहदानी बितरणमा ढिलाई गर्नु, आफ्नो राहदानीमा भएको गल्ती लाई देखायो भने उल्टो कर्मचारीबाट गाली गलौज सहनु पर्ने समस्याले जनताहरु आजित छन। यस्तै भएको छ बाग्लुङ – पैयुँ थन्थापका देबेन्द्र रानालाई
एउटाको राहदानी अर्कैको फोटो
बाग्लुुङ जिल्ला पैयू थन्थाप वडा न सात बस्ने श्री देबेन्द्र रानाले करीब एक महिना अघि कारीब १० घण्टाको पैदाल यात्रा गरेर याम. आर. पी. अथात मेसिनले पढ्न सक्ने राहादानी बनाउन जिल्ला प्रशासन कार्यालय बाग्लुुङमा आबेदन दिनु भएको थियो । राहदानी बनाउन चाहिने सबै कागजात जस्तै फारम, पासपोर्ट साइजको फोटो पेस गरेर फर्किनु भएको थियो ।एक महिना पछि उहाँलाई राहदानी लिन जिल्ला प्रशासनले बोलाई राहदानी लिन जानु भयो,तब थाहा भयो उहाको राहदानीमा अर्कै को फोटो थियो।
नेपालमा सरकारी तह मै हुने लापरबाही र कमजोरी कानुुनका कारण आम जनताले धैरै सास्ती बेर्होन बाध्य भएका छन् । सरकारी तह बाटै आम जनतालाई यम आर पी राहादानी बनाउन दबाब दिइदै आइरहेको अवस्थामा सरकारी तहबाटै विभिन्न लापरबाही हुने गरेको छ । आफनो राहदानीमा अर्कौका फोटो देख्दा उहाँ स्वमं आश्चार्य परेको देबेन्द्र रानाले बताउनुु भएको छ । आफनो फोटोमा अरुको फोटो किन राखियो भन्ने प्रश्न गर्दा बाग्लुुङ जिल्ला कार्यलयका सम्बन्धित क्रमचारीले आफनो गल्ती अस्वीकार गरेको देबेन्द्र रानाले बताउनु भएको छ । सम्भवत उहाँको फोटो अर्काे मान्छेको राहदानीमा छापिएको हुुन सक्छ । यस्ता लापरबाहीले गर्दा नेपाली जनताले धैरै सास्ति भोग्नु परेको छ । कहीँ नभएको जात्रा नेपालमै हुने गरेको छ । सरकारले याम. आर. पी. राहदानी यही नोमेम्वर २०१४ सम्ममा बनाउन पर्ने भनेर सबैलाई दबाब दिदैँ आएको छ । तर सरकार र सरकारी क्रमचारी को काम गर्ने प्रक्रियामा कुनै परिर्वतन आएको पादैँन् । देबेन्द्र राना आफनो राहदानी लिनका लागि करिव १० घन्टा यात्रा पछि बाग्लुुङ सदरमुकाम पुग्नु भएको थियो । बर्खा यामको लामो र जोखिम यात्रा गरेर राहदानी लिन पुगेको देबेन्द्र रानाले बताउनु भएको छ। नेपालका सरकारी वा गैरसरकारी क्रमचारीद्धारा हुने यस प्रकारका लापरबाही बाट बाँच्न नेपाली जनता आफैमा सचेंत हुन जरुरी देखिन्छ ।
