(एजेन्सी)– तीन पटकको विजेता जर्मनीले पाँच पटकको च्याम्पियन भएको आयोजक ब्राजिललाई उनकै धर्तीमा हराउने तरिका पत्ता लगाएको बताएको छ । आज यी दुबै समूहका बिच विश्वकप फुटबलको पहिलो सेमिफाइनल हुदैँछ । जर्मनीका सहायक कोच हेन्सी फ्लिकले सेमिफाइनलको पूर्वसन्ध्यामा सोमबार भनेका छन्, ‘हामी ब्राजिलसँग खेल्न पूरै तयार भइसकेका छौँ ।’ हेन्सी भन्छन्, ‘हामीले पछिल्ला दुई वर्षहरुमा व्यवस्थित ढंगले एउटा योजना तयार गरेका थियौँ । जर्मनीको कोलोन स्पोर्टस् विश्वविद्यालयका ५० छात्राहरुले ल्याटिन अमेरिकी समूहबिच कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने विषयमा रिपोर्ट तयार गरेका छन् । यो रिपोर्ट केहि शोध रिपोर्टहरुको सहायताले गरिएको छ । यसमा ब्राजिल र अन्य ल्याटिन अमेरिकी समूहमाथि विस्तृत अध्ययन गरिएको छ ।’ जर्मनी यो विश्वकपमा अहिलेसम्म अपराजित नै छ । तर यसको प्रतिस्पर्धा कुनै पनि ल्याटिन अमेरिकी समूहसँग भएको छैन । जर्मनीले अहिलेसम्म पोर्चुगल, अमेरिका, अल्जेरिया र फ्रान्सलाई हराइसकेको छ र घानासँगको प्रतिस्पर्धामा दुबै समूहले बराबरी गोल गरेका थिए । यो विश्वकपमा अन्य बलिया युरोपियन समूह स्पेन, इटाली र इंगल्याण्ड या त ल्याटिन अमेरिकाको समूहसँग आफ्नो म्याच हारेर खेलबाट बाहिरिसकेका छन् । कुनै पनि युरोपियन समूह ल्याटिन अमेरिकामा आयोजित भएको ६ विश्वकपमा कहिले पनि बिजेता बन्न सकेका छैनन् । फ्लिकले भने, ‘यो अध्ययनमा ब्राजिल र उनका खेलाडिहरुको विस्तृत आंकलन गरिएको छ र हामीले ब्राजिलका खेलाडीहरुको बारेमा विभिन्न किसिमका आंकडाहरु संकलन गरेका छौँ र यो आंकडाको हिसाबले हामी ब्राजिलका विरुद्ध आफ्नो रणनिति तयार गर्नेछौँ ।’ source : ratopati
↧
फिफा विश्वकपः जर्मनीले पत्ता लगायो ब्राजिललाई हराउने तरिका
↧