रियो दे जेनेरियो: २० औ पटकको विश्वकप फुटबल प्रतियोगीता २०१४को समापन भव्य समारोहबीच सम्पन्न भएको छ। ब्राजिलको रियो दे जेनेरियोमा सम्पन्न उक्त भव्य समापन समारोहमा चर्चित कोलम्बियन गायिका साकिराले आफ्नो दमदार प्रस्तुति देखाइन। उनले माराकाना स्टेडियममा आफ्नै पहलमा ब्राजिल विश्वकपबारे बनाइएको गीत 'ला ला ला‘गाइन र सबैलाई चकित पारिन। यो सँगै उनले विश्पकपमा लगातार तीन पटक गाउँदै आफ्नो ह्याट्रिक पुरा गरिन्। तर फिफाले २० औ पटकको विश्वकपको आधिकारिक गीत भने गाउन साकिरालाई नदिइ आयोजक राष्ट्र ब्राजिललाई नै दिएको थियो। कोलम्बियन पप गायिका साकिराले गाएको गीत विश्वकपको आधिकारिक गीतभन्दा पनि बढी चर्चामा छ। चार वर्षअघि उनैले गाएको विश्वकपको आधिकारिक गीत'वाका वाका'ले विश्वभर नै सर्वाधिक चर्चा बटुलेको थियो। यी पप गायिका लामो समयदेखि फुटबलसँग जोडिदै आएकी छिन्। अघिल्ला दुई विश्वकपको समापन समारोहमा पनि उनले गीत गाएकी थिइन्। बार्सिलोनाका स्पेनिस रक्षक जेरार्ड पिक्वे साकिराका प्रेमी हुन्। यी दुईका एक छोरा पनि छन्। -एजेन्सी स्रोत : अन्न पूर्ण पोस्ट
↧