Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सनीको आइटम र सुरवीनको बोल्ड दृष्य ‘हेट स्टोरी–२’

$
0
0
हेट स्टोरीले बोल्ड सम्बाद र हट दृष्यका कारण बक्स अफिसमा सफलता हासिल गरेको थियो । त्यही थिममा त्यसको सिक्वेल हेट स्टोरी–२ बनाइएको छ। यसप्रकारको चलचित्रमा बोल्डनेस नै हिरो हुने गर्द छ। त्यसैले हेट स्टोरी–२ पनि बोल्ड दृष्य र भाषाका कारण चर्चामा छ् । फिल्मको ट्रेलर र गीत युट्युवमा निकै हिट भइसकेको छ। त्यसैले यसका निर्माता चलचित्र सफल हुनेमा ढक्क छन् ।
टी–रिसिज सुपर क्यासेट्स इन्डष्ट्री लि.को ब्यानरमा बनेको यो चलचित्रका निर्माता विक्रम भट्ट र भूषण कुमार हुन् भने निर्देशन विशाल पंडयाले गरेका छन् । मिथुन, रशीद, आर्को र लक्ष्मीकान्त–प्यारेलालको संगीत रहेको चलचित्र हेट स्टोरी–२ मा सुशान्त सिंह, सुरवीन चावला, जय भानुशाली, सनी लियोन –आइटम नम्बर) छन् । यो चलचित्र १८ जुलाईमा रिलिज हुँदैछ ।
हेट स्टोरी–२ थ्रिंलर चलचित्र हो । यो चलचित्रको कथा नायिकाले आफ्नो प्रेमी –जय) को मृत्युको बदला लिने सेरोफेरोमा घुमेको छ। फिल्ममा सुरवीन चावला मुख्य भूमिकामा छिन् । चावला निकै सेक्सी र बोल्ड अवतारमा देखिने छिन् । चलचित्रमा नायिका आफ्नो प्रेमीको मृत्युको बदला लिनका लागि कुनै पनि हद पार गर्न तयार हुन्छिन् । हेट स्टोरी –२ मा मुम्बईको दुगन्धित राजनीतिको कथा पनि समेटिएको छ। चलचित्रमा निर्देशनले यौन राजनीतिलाई विस्तृत रुपमा पस्कने कोशिस गरेका छन् । एजेन्सी
source : sambadmedia

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>