Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

एमाले अध्यक्षमा ओली निर्वाचित, महासचिवमा पोखरेल

$
0
0
काठमाडौं, असार ३१ - एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई ४४ मतले पराजित गर्दै ओली निर्वाचित भएका हुन् । निक्कै प्रतिस्पर्धात्मक निर्वाचनमा ओलीले १ हजार ४७ मत पाएका छन् भने नेपालले १ हजार ३ मत पाएका छन् ।

पदाधिकारीमा नेपाल र ओली समूहका बराबर ७-७ जना निर्वाचित भए ।

उपाध्यक्षमा ओली समूहका वामदेव गौतम र विद्या भण्डारी तथा नेपाल समूहका युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् । गौतमले १ हजार १ सय २४, भण्डारीले १ हजार १ सय, रावलले १ हजार १ सय ४३, ज्ञवालीले १ हजार ६२ र शाक्यले १ हजार ४७ मत पाए ।

महासचिवमा ६ मतले ओली समूहका ईश्वर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले १ हजार ३६ र नेपाल समूहका सुरेन्द्र पाण्डेले १ हजार ३० मत पाए ।

उपमहासचिवमा नेपाल समूहका घनश्याम भूसाल र ओली समूहका विष्णु पौडेल निर्वाचित भए । भुसालले १०९७  र पौडेलले १०८२ मतले विजयी भए ।

सचिवमा ओली समूहका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भए । ज्ञवालीले १ हजार १ सय ५५, गुरुङले  १ हजार २९, विष्टले १ हजार २ सय ७०,  भट्टराईले १ हजार ८५ र आचार्यले १ हजार ३५ मत पाएका छन् ।

कसले कति मत ल्याए ?




अध्यक्षमत
मत
माधव नेपाल १००३ केपी   शर्मा ओली (निर्वाचित)१०४७ 
उपाध्यक्ष


भीम रावल (निर्वाचित)११४३वामदेव   गौतम (निर्वाचित)११२४
युवराज ज्ञवाली (निर्वाचित)१०६२विद्या   भण्डारी (निर्वाचित)११००
अष्टलक्ष्मी शाक्य (निर्वाचित)१०४७प्रदीप   नेपाल १००८
लालबावु पण्डित ९९८धर्मनाथप्रसाद   साह ९२३
राजेन्द्रप्रसाद पाण्डे १०३१किरण   गुरुङ ९९५
महासचिव


सुरेन्द्र पाण्डे १०३०ईश्वर   पोखरेल (निर्वाचित)१०३६
उपमहासचिव


रघुजी पन्त ९६९विष्णु   पौडेल (निर्वाचित)१०८२
घनश्याम भुसाल (निर्वाचित)१०९७शंकर   पोखरेल १०३७
सचिव


गोकर्ण विष्ट (निर्वाचित)१२७०प्रदीप   ज्ञवाली (निर्वाचित)११५५
योगेश भट्टराई (निर्वाचित)१०८५विष्णु   रिमाल ९९७
बेदुराम भुसाल  ९९७पृथ्वी   सुब्बा गुरुङ (निर्वाचित)१०२९
पर्शुमेघी गुरुङ १०१५रघुवीर   महासेठ ९२८
भीम   आचार्य (निर्वाचित)१०३५केशवलाल   श्रेष्ठ ९२२



माधवकुमार नेपालले दिए ओलीलाई शुभकामना ।


मितिः ३१ असार, २०७१

हार्दिक बधाई तथा शुभकामना !


नेकपा (एमाले)को नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु । उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु । जनताको बहुदलिय जनवादको भावना अनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ ।
नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा (एमाले)थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु–स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ । उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु ।
महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. के.पी. शर्मा ओली सहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।


माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता
नेकपा (एमाले)

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>