Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

संसारको सबैभन्दा अग्ली किशोरीको घोषणा

$
0
0
टर्कीकी १७ वर्षीय किशोरीलाई संसारको सबैभन्दा अग्ली किशोरीको रुपमा गिनिज बर्ल्ड रिकर्डमा दर्ता गरिएको छ । किशोरीको पैतृक शहर सफ्रैनबोलुमा आयोजित एक समारोहमा यस्तो घोषणा सुनाइएको हो । रुमेयस गेल्गी नामकी ती किशोरीको उचाइ २१३.६ सेन्टीमिटर (७ फिट ०.०९ इन्च) छ । उपाधी प्राप्त गरेपछी गेल्गीले भनेकी छिन् -’यो सम्मान पाउने मेरो ठुलो सपना थियो । रिकर्ड होल्डर बन्नु रमाइलो कुरा हो । मलाई थाहा छ यस्तो उपलब्धी थोरै ब्यक्तीले मात्र प्राप्त गर्दछन्, तिनिहरुमद्धे म पनि एक हुँ ।’
रुमेस एघार कक्षामा अध्ययन गर्छिन् र उनी आफ्नै घरमा आमा-बुवासँग बस्छिन् । घरका अन्य सबै सदस्य सामान्य उचाइँका छन् । चिकित्सा बिशेषज्ञको मत अनुसार रुमेसलाई एक प्रकारको आनुवंशिक विवर सिन्ड्रोम नामक बिकार भएको हो । जसको कारण उन्को तीब्र ब्रिद्धी हुनपुग्यो । उन्को असाधारण लम्बाइसँगै उन्को हात २४.५ सेन्टिमिटर र खुट्टा ३०.५ सेन्टिमिटरको छ ।
रिकर्ड पाएकोमा रुमेस दंग त छिन् तर उन्लाई अन्य बिभिन्न प्रकारका शारिरीक समस्याहरु छन्, त्यसमद्धे हिंडडुल गर्न गार्हो हुनु प्रमुख हो । हाल उनी हिंडडुल गर्न व्हिल चेयरको प्रयोग गर्छिन् । अब थप बढ्नसक्ने आशा नभएको बताएकी छिन् ।
हालसम्मको सबैभन्दा अग्ली किशोरीको रेकर्ड २४१.३ सेमी(७.११ इन्च) उचाइ भएकी क्यानाडाकी एना हेनिङ्स स्वानलाई प्राप्त छ । एनाको मृत्‍यु सन १८८८ मा भएको थियो ।-चन्द्रसूर्यडटकमबाट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>