Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मलेसियन विमान ‘खसालियो’, २ सय ९८ जनाको मृत्यु (फोटोफिचर र भिडियो सहित)

$
0
0
काठमाडौं, श्रावण २ । युक्रेनमा मलेसियन एयरलाइन्सको विमान खसालिंदा २ सय ९८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्सको एर्मस्टसडमबाट मलेसियाको क्वालालाम्पुरतर्फ आइरहेको ‘एमएच १७’को ‘बोइङ ७७७’मा १५ जना चालक दलका सदस्य र २ सय ८३ यात्रु थिए ।
विमान युक्रेनको द्धन्द्धग्रस्त क्षेत्र डोनेस्क नजिकबाट रुसी भागतर्फ अगाडि बढ्नै लाग्दा खसालिएको हो । आकाशबाट जल्दै खसेको विमानमा सवार सबैको मृत्यु भएको रुसको इन्टर फ्याक्स समाचार समितिले जनाएको छ । बीबीसीका अनुसारमा विमानमा १ सय ५४ नेदरल्याडका नागरिक, २७ अष्ट्रेलियन, ४३ मलेसियाली, १२ इन्डोनेसियन र ९ बेलायती नागरिक थिए भने ४३ को राष्ट्रियता खुलाइएको छैन ।
उनीहरु मध्ये धेरै अष्ट्रेलियाको मेलबोर्नमा हुने एचआइभी एड्स सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन गइरहेका थिए । डोनेस्क सहर रुसी पृथकतावादीहको पकड भएको क्षेत्र हो ।
युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गरासेन्कोले पृथकतावादीहरुले ३३ हजार फिट उचाइमा उडिरहेको बेला क्षेप्यास्त्र प्रहार गरेर विमान खसाएको आरोप लगाएका छन् । विमानमा प्रहार गरिएको ‘मिसाइल लन्चर’ रुसमा बनेको हुनसक्ने आरोप पनि युक्रेनले लगाएको छ । तर, रुस र विद्रोहीहरुले विमान आफूले नभइ युक्रेनले मिसाइल प्रहार गरी खसालेको दाबी गरेका छन् ।
आफ्नो विमान खसालिएको बारेमा मलेसियाले गम्भीर छानबिन सुरु भएको जनाएको छ । त्यसैगरी, अमेरिकाले यात्रुबाहक विमान खसालिएको घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै तथ्य पत्ता लगाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिने जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गर्दै विमान खसालिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । विमान खसालिएको घटनाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएको छ । रुसले क्राइमिया नियन्त्रणमा लिएपछि युक्रेन र रुसबीच तनाव जारी छ । रुसले विद्रोहीलाई क्षेप्यास्त्र र अत्याधुनिक हतियार दिएको आरोप युक्रेनले पहिलेदेखि लगाउँदै आएको छ ।
रुस समर्थक पृथकतावादीले केही दिनअघि मात्र युक्रेनी जेट विमान खसाएका थिए । चार महिनाअघि पनि क्वालालम्पुरवाट बेइजिङतर्फ उडेको २ सय ३९ जना रहेको सोही एअरलाइन्सको विमान बेपत्ता भएको थियो, जुन अझै पत्ता लाग्न सकेको छैन । (एजेन्सी) - source : image khabar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>